सोलुखुम्बु कात्तिक २२, । शेर्पा बालबालिका सहायता संघले छात्रवृत्ति लिन छुटेका विद्यार्थीलाई सम्पर्क गरी छात्रवृत्ति बुझ्न आग्रह गरेको छ।
संघको पहलमा लोरेन नेपाल फ्रान्स र राइनल्याण्ड लोरेन नेपाल जर्मनीको आर्थिक सहयोगमा २०८३ साल असोज २० गतेदेखि असोज २९ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो।
उक्त अवधिमा विभिन्न कारणले छात्रवृत्ति लिन छुटेका विद्यार्थीलाई लक्षित गर्दै संघले आगामी २०८३ साल मंसिर ३ गते बिहीबार छात्रवृत्ति वितरण गर्ने जनाएको छ।

शेर्पा बालबालिका सहायता संघका संयाेजक सन्त बहादुर बुढाथाेकी मगरका अनुसार उक्त दिन बिहान ९ बजे सोलुखुम्बुको फाप्लुस्थित नुम्बुर होटलमा वितरण कार्यक्रम आयोजना गरिनेछ। छात्रवृत्ति लिन छुटेका विद्यार्थीले आफ्ना साट्टिफिकेट तथा स्पोन्सरलाई चिठीका साथ उपस्थित हुनु पर्ने छ ।
छात्रवृत्ति लिन छुटेका विद्यार्थीलाई लक्षित गरी पुनः वितरण कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।










Discussion about this post