माघ २६, सोलुखुम्बु । नेपाल निजामति कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा केशव ढुंगाना सर्वसम्मत रुपमा चयन हुनु भएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनको शनिबार अबेर सम्पन्न बन्द शत्रबाट ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको खुल्ला उपाध्यक्षमा भिमप्रसाद भट्टराई, महिला उपाध्यक्षमा गायत्रा शर्मा, समावेशी उपाध्यक्षमा तेजबहादुर कटुवाल र सचिवमा जीवन पाण्डे चयन हुनु भएको छ । समितिको सहसचिवमा निशान बस्नेत र कोषाध्यक्षमा भक्तिविलाश पोख्रेल सहित १८ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा टुंगिएको नव निर्वाचित अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो ।

त्यस्तै ३ जना केन्द्रिय प्रतिनिधिको लागि दिनेश कुमार राई, चेतनाथ कट्टेल र ध्रुवधन राईको नाममा सहमति भएको छ । प्रदेश प्रतिनिधिमा भने कमला तामाङ, उमेश कुमार महतो र भिमबहादुर बस्नेत चयन हुनु भएको छ ।

शनिबार दिउँसो सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले युनियनको अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।
Discussion about this post