माघ २७, सोलुखुम्बु । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ओखलढुंगा र प्युठानबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ बस्ने ३८ वर्षीय राजकुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राजकुमारले ती बालिकालाई गत पुस १७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।त्यस्तै प्युठानमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
Discussion about this post