चैत्र ८, सोलुखुम्बु । खोटाङमा आगलागीबाट ४ वटा घर जलेर नष्ट भएका छन् । विहीबार जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम गणेशटार भएको आगलागीले ४ वटा घर जलेर नष्ट भएका छन् भने अन्य घर तथा मतान र पशु चौपायामा समेत क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारी अनुसार स्थानीय आमका खुसे सामुदायिक वनमा लागेको डढेलो नजिकैको गाउँमा पस्दा ठुलो क्षती भएको हो ।
डढेलो गाउँ पस्दा चमाखु दाप्साका बस्ने पुर्ण बहादुर राईको १ घर, र २ वटा मतान जलेर खारानी भएको छ । यस्तै सोही ठाउँका जग बहादुर राईको ढुङ्गा माटोले बनेको फुसको छानो लगाएको २ तल्ले घर, दिर्गञ्ज राईको मतान, दिल कुमारी राईको काठले बनेको फुसको छानो लगाएको १ तल्ले मतान, घनश्याम राईलको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तल्ले घर १ ओटा, ढुङ्गा माटोले बनेको फुसको छानो लगाएको १ तल्ले गोठ जलि पुर्ण रुपमा क्षति भएको र उक्त गोठमा बाँधिएको ५ ओटा बाख्रा समेत जलेका प्रहरीले जनाएको छ ।
यस्तै चुमाखु राङकाडो बस्ने रण बहादुर राईको ३ तल्ले घरको तेस्रो तल्लामा आगोलाग्दा उक्त घर समेत आंसिक रुपमा क्षती भएको जनाइएको छ । केही दिन अघि पनि जङ्गलमा लागेको डढेलो गाउँ पस्दा हलेसी २ डिकुवाका ९ वटा घर तथा मतान जलेर खरानी बनाएको थियो ।
Discussion about this post