बैशाख १४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमका ५ बर्षिया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । गत बैशाख ४ गते आफ्नै बाबुद्वारा धारिलो हतियार प्रहारबाट घाइते भएकी पवित्रा तामाङको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । बुबा चमकुमार तामाङले आफ्नै ५ बर्षिय छोरीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए ।
तर घटना लगतै बालिकाको गाउँपालिकाले हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौ पठाएको थियो । पालिका लगायत अन्य शुभचिन्तकहरुले उपचार सफल पार्नका लागि अनेकन प्रयास गरिएको भए पनि बचाउन नसकिएको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । बुबाको धारिलो हतियारबाट बालिकाको टाउकोमा गम्भिर चोट लागेको थियो । चाम कुमार तामाङलाई सोहि दिन प्रहरीले पक्राउ गरिसकेको छ ।
Discussion about this post