भदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने हुँगाखोलामा आएको बाढीले बेलीबृज क्षतीग्रसत बनाइदिएको छ । सो खोलामा निर्माणाधिन २२ मे. क्षेमताको ‘मिड हुँगा खोला ए’ को निर्माणार्थ लगाइएको बेलिब्रिज बाढीले क्षतीग्रसत बनाइदिएकोद हो । सोमबार विहान माथिल्लो क्षेत्रमा परेको पानी पछि आएको बाढीले हाइड्रोको पुलमा क्षती पुर्याएको छ भनेर अन्य केही सामाग्री बगाइदिएको जाइएको छ । एपेक्स मकालु हाईड्रोपावर कम्पनिद्धारा प्रवद्र्धित हाइड्रोको लागि खोलामा बनाउदै गरेको बेलिब्रिजको वारी पारी दुबै तर्फको बेस बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले दुई वटा रेड्युसर पाइप, पाँच वटा एम एस पाईप, एकवटा ड्रील गर्ने बुमर मेसिन र पाँच सय मिटर सुरुङ भित्र ओछ्याउनेअर्थिङ प्लेट बगाएको छ ।
Discussion about this post