असोज २३ , सोलुखुम्बु । देशका विभिन्न स्थानमा आज पनि वर्षाको गतिविधि कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा बादल लाग्नेछ । देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । यस्तै, हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।
वर्षाको गतिविधि आजसम्म कायम रहने र भोलि शनिबारदेखि भने मौसममा क्रमशः सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।










Discussion about this post