Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

एभरेष्ट स्टाेरी, दिपेन्द्र खनाल

Radio Everest by Radio Everest
October 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असाेज २३, साेलुखुम्बु ।  हाम्रो महान चाडहरु आँगनमा आइसकेका छन् ।  घरपरिवारसँग बसेर चाडपर्व मनाउने अनी वर्षभरिका को थकान, कामको बोझ, तनावलाई केही क्षण विसाउँदै आफ्ना प्रीयजनहरुसँग कतै घुम्न निस्किने योजना बनाइरहनु भएको छ ।  पक्कै पनि छ होला, राम्रो तस्वीर कैद गरि वर्षौको सम्झनामा राखिरहनु, त्यसलाई फ्रेमीङ गरि सजाउनु आँफैमा एक उत्साह र उमंगको प्रतीक हो पक्कै ।
करिव ३५ हजार हाराहारीका खर्चमा काठमाडौँ र तराईको भीडभाडबाट केही दिन टाढा रहेर हिमाल, पहाड, संस्कृति र धार्मिक आस्थासँग नजिक रहेर रमाउन चाहनेका लागि सोलुखुम्बुको तल्लो भेगमा पाँचदिने यात्राको आज हामी चर्चा गर्ने छौँ ।  यो सामाग्रीमा दृष्यावलोकन, धार्मिक अनुभव, पैदल यात्रका स्मृति र स्थानीय संस्कृतिको अनुभव तपाँइका लागी निशुल्क बन्न सक्छ । 

दशैँ आउँदा धेरैको मनमा एउटै चाहना हुन्छ—केही दिन कामको व्यस्तता र सहरको कोलाहलबाट टाढा जाने, परिवार वा प्रियजनसँग समय बिताउने र नयाँ ठाउँको अनुभव मनमा सँगाल्ने। काठमाडौँको धुलो, ट्राफिक र तराईको गर्मीबाट विश्राम खोजिरहनुभएको तपाँइका लागि सोलुखुम्बु केवल सगरमाथा जाने बाटो मात्र होइन, आफैँमा एउटा सुन्दर गन्तव्य बन्न सक्छ ।

सगरमाथा आधार शिविर पुग्न लामो पदयात्रा गर्नैपर्छ भन्ने छैन। सडक यात्रामै हिमाली भूगोलको अनुभव लिन, पहाडका बस्ती चिन्न, गुम्बाको शान्तिमा केही समय बिताउन, मन्दिरमा पूजा गर्न र खुला डाँडाबाट हिमाल नियाल्न चाहनेका लागि सल्लेरी, फाप्लु, चिवाङ गुम्बा, रातनाङ्गे डाँडा, पत्ताले र ज्वालामाई मन्दिरलाई समेटेर पाँच दिनको यात्रा योजना पनि त बनाउन सकिन्छ ।
यो यात्रा हिमाल हेर्ने अनुभवमा मात्र सीमित हुँदैन। यहाँ प्रकृति, स्थानीय जीवनशैली, धार्मिक विविधता र सँगै बिताएका पललाई एउटै यात्रामा जोड्न सकिन्छ।
अव चर्चा गरौँ बजेटबाट, किनकी यो आधुनिक समयमा गाँठ पनि उत्तिकै महत्वपुर्ण हुन्छ यात्रमा ।  तपाँइ आफ्नो वालेटमा न्यूनतम करिव ३५ हजार जती राखेर गाडी समाउनुभयो भने नेपालको जुनसुकै ठाउँबाट यहाँ आएर तपाँइ घर फर्कन सक्नुहुन्छ ।  बाँकी तपाँइको इच्छा र क्षमतामा निर्भर रहन्छ ।  

  • पहिलो दिन ः काठमाडौँ, तराई वा जुनसुकै स्थानबाट सोलुखुम्बुतर्फ


यात्राको पहिलो दिन गन्तव्यतर्फको यात्रामै बित्नेछ । काठमाडौँबाट बीपी राजमार्ग हुँदै सिन्धुली, खुर्कोट र घुर्मी वा आसपासको मार्ग भएर ओखलढुङ्गातर्फ उक्लिँदै सोलुखुम्बु पुग्न सकिन्छ । तराईका विभिन्न स्थानबाट आउने यात्रुले आफ्नो सुरुआती ठाउँअनुसार रुट मिलाउनुपर्छ । प्रचण्ड गर्मिबाट केही घण्टामै कठ्याङ्ग्रीने चिसो खान भने तयार हुनुहोस….।  तर नदी किनार, घुम्ती सडक, पहाडी बस्ती र उकालो चढ्दै जाँदा बदलिने भूगोलले यात्रालाई आफैँमा रोचक बनाउँछ। लामो सडक यात्रापछि सल्लेरी पुग्दा मौसम, हावापानी र वरिपरिको पहाडी परिवेशले नयाँ अनुभूति दिन सक्छ।  सल्लेरी सोलुखुम्बुको सदरमुकाम हो ।  यहाँबाट जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रतर्फ यात्रा अघि बढाउन सकिन्छ । बजारमा स्थानीय परिकार चाख्ने, आवश्यक सामग्री किन्ने र आसपास घुम्ने गरी दिन बिताउन सकिन्छ । पहिलो दिन धेरै ठाउँ भ्याउने हतार गर्नुभन्दा आराम गर्नु उपयुक्त हुन्छ । भोलिपल्टको घुमफिरका लागि शरीरलाई अभ्यस्त बनाउनु पनि यात्राकै एउटा महत्त्वपूर्ण हिस्सा हो।

  •  दोस्रो दिन ः पत्ताले, गौरीटाप, सल्लेरी, फाप्लु 

अव तपाँइ हिजोको थकान विर्सने दृष्यहरु देखेर चकित पर्नुहुने छ ।  दोस्रो दिनको पहिलो घडी तपाँइ पत्तालेबाट देखीने दर्जनौँ हिमश्रीङ्खलाले तपाँइको आँखा र दिमागलाई त्यो धुलो, गर्मी भिडभाड, तनाव र स्ट्रेस भुल्ने बनाउने नै छ ।  हिमाली क्षेत्रमा पाइने बुङको आलुका परिकार, स्थानीय खानपान, सेतो, सिमी, फापरको रोटी मध्ये जे मन पर्छ त्यसको ब्रेकफास्ट गरेर तपाइ गौरीटाप जानुहुने छ ।  त्यहाँ नेचासल्यान गाउँपालिकाले निर्माण गरेको जिपलाईन सवार गरेर हिमालहरु हेर्दै केही घण्टा विताउनुपर्ने छ ।  यतिखेर सम्म तपाँइको विहानको खाना खाने समय भइसक्छ ।  खाना खाइवरी अव तपाइ त्यही दिन दिउँसो २ बजेतिर सल्लेरी र फाप्लु आसपासका क्षेत्र घुम्न योजना सहित झर्न सक्नुहुनेछ । करिव ३५ किलोमिटरकाे यात्रामा तपाइ स्थानीय गाउँहरु, रहनसहन, माहौलमा रमाउँदै सल्लेरी झर्नुहुने छ । फाप्लु विमास्थल, आसपासको पहाडी भूगोल, नजिकै देखीने नुम्बुर हिमाल, अनी नजिकै अवस्थित चिवाङ गुम्बा धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थल हो। त्यो दिन तपाइ सल्लेरी बुझ्न र बासको बन्दोबस्त मिलाउदा समय जान्छ ।  बसोबासका लागी सस्तो दरका देखी महंगो दरका होटल तथा लजहरु प्रशस्त पाइन्छ । यद्यपी कहिलेकाहीँ उपलब्ध नहुन सक्छ, अघिनै सम्पर्क राख्दा राम्रो ।  

 

  •  तेस्रो दिन ः रातनाङ्गे डाँडामा प्रकृतिसँग भेट अनी जुनबेसी र थुप्टेन छोलीङ गुम्बाको सत्कार 

तेस्रो दिनको गन्तव्य हो, नजिकै रहको रातनाङगे डाँडा र चिवाङ गुम्बा, नजिकै रहेको थुप्टेन छोइलिङ गुम्बा र जुनबेसी पर्यटकीय गाउँको अनुपम संगम । यदि तपाँइ आफ्नै साधनमा हुनुहुन्छ भने मैले यि माथी भनेका ठाउँहरु घुम्न तपाँइलाई अझ सहज हुने छ ।  फाप्लु नजिकै रहेको रातनाङ्गे डाँडा सोलुदूधकुण्ड नगरपालिकाभित्रको अर्को दृश्यावलोकन स्थल हो ।  रातनाङ्गेमा लामो पैदल यात्रा गर्ने योजना भए स्थानीयसँग बाटो र समयबारे जानकारी लिएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ । फाप्लु वा सल्लेरी बास बस्नुभएको तपाँलाई विहानीको सुर्योदयको समयमा सुन झै टल्कीने हिमाल देख्ने सौभागय प्राप्त हुने छ ।  बस विहान अल्छी नगरि उठेर चिसोका कपडाको जोरजाम भने गर्नुप¥यो ।  केही घण्टामा त्यहाँको दृष्यलाई आफ्ना आँखा र क्यामरामा कैद गरिसकेपछि फाप्ल्ुमा खाना खाएर तपाँइ आनन्ददायी प्रकृति छिचोल्दै बेनी हुँदै जुनबेसी गाउँ पुग्नुहुने छ ।  सोलुदुधकुण्ड नगरपालिकाले यो गाउँलाई पर्यटकीय गाउँ त्यसै बनाएको छैन, बगैँचा, भिमकाय पहाडको दृष्य आँखामा लिएर थुप्टेन छोइलिङ गुम्बा र यहाँ भएका तिव्व्ती सरणार्थीको सत्कारले अर्को सुन्दर अनुभूति थप्ने छ ।  यहाँको पहाडी परिवेश र खुला दृश्यले प्रकृतिमा केही समय बिताउन चाहने यात्रुलाई आकर्षित गर्न सक्छ । बिहान मौसम अनुकूल भए डाँडातर्फ लागेर वरिपरिको भूगोल नियाल्न सकिन्छ। हतारमा फोटो खिचेर फर्किनुभन्दा केही समय शान्तसँग बसेर वातावरणको अनुभव लिनु यो यात्राको विशेषता हुन सक्छ। काठमाडौँ र तराईबाट आउने यात्रुका लागि पहाडको चिसो हावा, खुला आकाश र टाढासम्म फैलिएका डाँडाकाँडाले दैनिक जीवनभन्दा फरक अनुभूति दिन सक्छन्। प्रकृति र फोटोग्राफीमा रुचि हुनेका लागि पनि यो दिन उपयोगी हुनेछ । 

 

  • चौथो दिन ः चिवाङ गुम्बामा आध्यात्मीक अनुभूति र सुनौलो बिहान

जुनबेसीबाट अघिल्लो दिननै आफु बसेको होटल फर्किने सोच छैन भने जुनबेसीबाटै बेनी फर्किएर चिवाङ जान सकिन्छ । यदि त्यहीको रहनसहनमा रमाउने शेर्पा संस्कृतिसँग साक्षात्कार गर्ने रहर भए विहान सबैरै तपाँइ चिवाङ गुम्बा पुग्न सक्नुहुने छ ।  र यो दिन तपाँइ आफ्नो ४ दिनको भ्रमण थकाइलाई चिवाङमा विसाउन सक्ने योजना बनाउन सक्नुहुने छ ।  तर पर्खनुहोस अझै १ दिन तपाँइको बाँकी छ । चिवाङ गुम्बा गएर बौद्ध धर्म र संस्कृतिलाई नियालीसकेपछि तपाँइ कतीसमेमा सल्लेरी वा फाप्लु फर्किने नितान्त तपाँइको मर्जी हो ।  चिवाङ हुँदै फाप्लु नजिँकैको बागबानी केन्द्र पनी यो सूचीमा समावेश गर्दा अझ वेश हुनेछ  ।  

यात्राको अन्तिम दिन, पाँचौँ दिन ः ज्वालामाई मन्दिर दर्शन गरि फर्किने यात्रा

यात्राको अन्तिम दिन ज्वालामाई मन्दिरलाई समेट्न सकिन्छ । सोलुदूधकुण्ड नगरपालिकाको तामाखानी क्षेत्रमा रहेको ज्वालामाई मन्दिर स्थानीय धार्मिक आस्थासँग जोडिएको स्थल हो । बिहान समय मिलाएर मन्दिर दर्शन गर्न सकिन्छ। धार्मिक स्थलको भ्रमणले यात्रामा प्रकृतिसँगै स्थानीय आस्था र संस्कृतिलाई पनि समेट्छ । मन्दिरमा पूजा गर्ने, परिसरको अवलोकन गर्ने र स्थानीयसँग त्यसको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे बुझ्ने अवसर लिन सकिन्छ । त्यसपछि सल्लेरी फर्केर खाना खाने र आफ्नो फर्किने यात्राको तयारी गर्न सकिन्छ । काठमाडौँ वा तराई फर्किनुपर्ने भएकाले अन्तिम दिन धेरै टाढाका गन्तव्य थप्नु उपयुक्त हुँदैन ।
अन्त्यमा भनिराँखौँ, जोडीका रूपमा यात्रा गर्नेहरूका लागि पत्तालेको बिहान विशेष हुन सक्छ । परिवारसँग यात्रा गर्नेका लागि पनि खुला प्राकृतिक दृश्य र गाउँको वातावरणले सहरभन्दा फरक अनुभव दिन्छ ।
तर हिमाल देखिने कुरा मौसममा निर्भर हुन्छ। बादल लागेका दिन हिमाल नदेखिन पनि सक्छन्। त्यसैले दृश्य नदेखिए यात्रा खेर गयो भन्नेभन्दा गाउँ, स्थानीय संस्कृति र प्रकृतिलाई अनुभव गर्ने सोच राख्नु राम्रो हुन्छ।

यसरी पाँच दिनको यात्रामा सल्लेरीको बजार, फाप्लुको परिवेश, चिवाङ गुम्बाको शान्ति, रातनाङ्गे डाँडाको प्राकृतिक दृश्य, पत्तालेको हिमाली बिहान र ज्वालामाई मन्दिरको धार्मिक महत्त्वलाई एउटै यात्रामा जोडेर अविस्मरणीय बनाउन सकिन्छ ।

  • यात्राको कुरा मात्रै त गरेर भएन, अव खर्च कति लाग्छ त ?

भनिहाल्यौँ, यो यात्रा निजी गाडी वा मोटरसाइकल, सार्वजनिक यातायात, बसाइको स्तर र तपाँइको पारिवारीक संख्या अनुसार फरक पर्छ । यहाँ म लामो समय देखी बसिरहेको भएर मैले उल्लेख गरेको यो रकम काठमाडौँबाट दुई जनाले सडकमार्ग हुँदै यात्रा गर्ने, सामान्य होटल वा अतिथिगृहमा बस्ने र स्थानीय खाना खाने आधारमा तयार गरिएको प्रारम्भिक अनुमान हो । 

दशैँमानै सोलुखुम्बु किन जाने ? 

सोलुखुम्बु भनेको सगरमाथा र लुक्ला मात्र होइन । जिल्लाको तल्लो भेगमै धार्मिक स्थल, शान्त पहाडी बस्ती, दृश्यावलोकन डाँडा र स्थानीय संस्कृतिको अनुभव लिन सकिने सम्भावना छ । पाँच दिनको योजनाले लामो पदयात्रा नगरी पनि हिमाली क्षेत्रको अनुभव लिन चाहने आन्तरिक पर्यटकलाई विकल्प दिन सक्छ । दशैँको बिदालाई केवल घर र बजारको घेराभित्र सीमित नराखी परिवार, साथी वा प्रियजनसँग नयाँ ठाउँ चिन्ने अवसर बनाउन सकिन्छ। सल्लेरीदेखि पत्तालेसम्मको यो यात्रा त्यही सम्भावनाको एउटा नमुना हो—जहाँ गन्तव्यमा पुग्नु जत्तिकै महत्त्वपूर्ण कुरा बाटोमा भेटिने दृश्य, मानिस र सम्झनाहरू पनि हुन्।

लेखक खनाल रेडियाे एभरेष्टमा सकृयता पत्रकारकाे रूपमा कार्यरत छन् ।  

Previous Post

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

Next Post

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

Related Posts

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
0
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
0
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
0
Next Post
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly