Thursday, October 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

Radio Everest by Radio Everest
October 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

किशान बहादुर मगर, असोज २२ । दशैँ नजिकिएसँगै गाउँघरमा चहलपहल बढ्न थालेको छ। नयाँ लुगा, मीठो परिकार र आफन्तसँगको भेटघाटसँगै गाउँघरमा परम्परागत पिङको रौनक पनि फर्किन थालेको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, आरुबोटमा भने यस वर्ष पनि परम्परागत रोटे पिङ सञ्चालन गर्ने तयारी गरिएको छ।

करिब एक दशक रोकिएको रोटे पिङ स्थानीय युवाको पहलमा २०८० सालमा पुनः सञ्चालनमा ल्याइएको थियो। त्यसयता दशैँको अवसरमा निरन्तर सञ्चालन हुँदै आएको रोटे पिङलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। रोटे पिङ निर्माणका लागि आवश्यक अधिकांश सामग्री अघिल्ला वर्षकै प्रयोग गरिने भएको छ। यस वर्ष भने पिङको मुख्य खाबो नयाँ फेर्ने तयारी गरिएको स्थानीय नारायण पुलामी मगरले बताउनुभयो।

उहाँका अनुसार नयाँ खाबो तयार गर्ने कामसमेत पूरा भइसकेको छ। अब पुराना सामग्रीको आवश्यक मर्मत, परीक्षण र जडान गरी पिङ सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो। स्थानीय युवाको सक्रियतामा हरेक वर्ष दशैँको समयमा सञ्चालन हुँदै आएको रोटे पिङले गाउँको पुरानो परम्परा र सांस्कृतिक पहिचानलाई निरन्तरता दिन सहयोग पुगेको स्थानीयको भनाइ छ। दशैँ मनाउन गाउँ फर्किने स्थानीयसँगै आसपासका क्षेत्रबाट आउने सर्वसाधारणका लागि पनि आरुबोटको रोटे पिङ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

आधुनिक मनोरञ्जनका साधनको प्रयोग बढ्दै गए पनि गाउँघरमा पुस्तौँदेखि चलिआएको रोटे पिङले भने दशैँको मौलिक रौनक र पुराना सम्झनालाई अझै जीवित राखेको छ। स्थानीय युवाको सक्रियता र समुदायको सहकार्यमा सञ्चालन हुँदै आएको रोटे पिङले नयाँ पुस्तालाई समेत स्थानीय संस्कृति र परम्परासँग जोड्ने माध्यम बन्ने विश्वास गरिएको छ।

Previous Post

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

Next Post

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

Related Posts

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly