भदौ २८, सोलुखुम्बु । हिमाली जिला सोलुखुम्बुमा जारी गरिएको निषेधाज्ञा र कर्फ्यूआदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले शनिबार बिहान ६ बजेबाट उक्त आदेश हटाइएको जानकारी दिएको हो । जिल्लामा हालै देखिएका राजनीतिक गतिविधि र शान्ति–सुरक्षाको अवस्था मूल्याङ्कन गरी भदौ २५ गते जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू र निषेधाज्ञा जारी गरिएको थियो ।
तर, अवस्था सामान्य भइसकेको ठहर गर्दै शनिबार बिहानदेखि आदेश हटाइएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी के.सी. पाण्डेले जानकारी दिनुभयो । प्रशासनले जिल्ला शान्ति–सुरक्षा कायम गर्न योगदान दिने सम्पूर्ण जिल्लावासी तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि सामाजिक सद्भाव र सुरक्षित वातावरण कायम राख्न सबैको सक्रिय सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि अनुरोध गरिएको छ ।
Discussion about this post