Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

Radio Everest by Radio Everest
September 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असोज ११, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका तीन वटा विद्यालयमा कृषि प्राविधिक शिक्षा अध्ययन हुने गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित ती विद्यालयमा कक्षा ९ देखि १२ सम्म करिब १८३ विद्यार्थीले कृषि प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । सोताङ गाउँपालिकास्थित वीरेन्द्र ज्योति माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८० विद्यार्थी कृषि प्राविधिक धारमा अध्ययनरत छन् ।

यस्तै, लिखुपिके गाउँपालिकास्थित हिमगंगा माध्यमिक विद्यालयमा करिब ५५ र सोलुदूधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयमा ४५ विद्यार्थी अध्ययनरत रहेको सम्बन्धित विद्यालयले जनाएका छन् । विद्यालयका अनुसार कृषि प्राविधिक शिक्षा सुरु भएपछि स्थानीयस्तरमै व्यावहारिक ज्ञान तथा सीप हासिल गर्ने अवसर विद्यार्थीले पाएका छन् । परम्परागत रूपमा कृषिमा निर्भर परिवारका विद्यार्थीका लागि आधुनिक कृषि प्रविधि, उत्पादन प्रणाली तथा व्यावसायिक कृषि सम्बन्धी ज्ञान उपयोगी हुने विद्यालयको भनाइ छ । विद्यालयमा कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको आकर्षण क्रमशः बढ्दै गएको शिक्षकहरू बताउँछन् ।

सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक अभ्यास हुने भएकाले विद्यार्थीलाई कृषि विषयप्रति रुचि बढाउन सहयोग पुगेको उनीहरूको भनाइ छ । स्थानीय तहमा कृषि उत्पादन तथा पशुपालनलाई व्यावसायिक बनाउन खोजिएका कारण पनि कृषि प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको छ । विद्यालय तहबाटै कृषि सम्बन्धी प्राविधिक ज्ञान हासिल गरेका विद्यार्थीले आफ्नै गाउँठाउँमा कृषि उद्यम सञ्चालन गर्न सक्ने सम्भावना रहेको शिक्षकहरू बताउँछन् । कृषि प्राविधिक शिक्षा पूरा गरेपछि विद्यार्थीमध्ये केही उच्च शिक्षा अध्ययनका लागि कृषि तथा सम्बन्धित विषयतर्फ जाने गरेका छन् । केही विद्यार्थीले भने सीपलाई व्यवहारमा प्रयोग गर्दै कृषि तथा पशुपालनसम्बन्धी काममा जोडिने गरेका विद्यालयहरूले जनाएका छन् ।

तर, विद्यालय तहको कृषि प्राविधिक शिक्षाबाट उच्च शिक्षासम्मको बाटो सहज बनाउन आवश्यक पूर्वाधार, प्रयोगशाला, दक्ष जनशक्ति तथा छात्रवृत्तिको व्यवस्था अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । सोलुखुम्बुमा कृषि प्राविधिक शिक्षाको भविष्य स्थानीय आवश्यकता र सम्भावनासँग जोडिएको शिक्षकहरूको बुझाइ छ । जिल्लामा तरकारी, फलफूल, आलु, पशुपालन तथा अन्य कृषि उत्पादनको सम्भावना रहेकाले प्राविधिक जनशक्ति उत्पादन गर्न सके स्थानीय कृषि क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

Related Posts

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly