Saturday, May 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

३ दिन पछि फेरी हिउँ पर्छ –मौसमविद

Radio Everest by Radio Everest
October 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, सोलुखुम्बु । २४ घण्टा पछि खुम्बु क्षेत्रमा हिमपात रोकिएको छ । मौसममा बदली आएसँगै हिजो साँझबाट लगातार सगरमाथा क्षेत्रमा परेको हिमपात आज साँझ ५ बजेबाट पूर्ण रुपमा रोकिएको हो । दिङबोचे भन्दा माथिको क्षेत्रमा डेढ फिट बाक्लो हिउँ जमेको छ भने साँझ बाट मौसममा सुधार आएको सगरमाथा प्रदुषण नियन्त्रण समिति(एसपिसिसि) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।

माथिल्लो क्षेत्रमा हिमपात रोकिएसँगै हिमाल र आकाश दुवै खुल्ला भएको र पर्यटकलाई भने होटल भित्र नै बस्ने गरि सूचना जारी गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपि मनोजित कुँवरले बताउनुभयो । डिएसपि कुँवरका अनुसार अहिले हिमपातका कारण सगरमाथा क्षेत्रमा ५ सय बढी पर्यटक होटल भित्रै बस्न बाध्य भएका छन् । दिङबोचे क्षेत्रमा २ सय, लोबुचेमा २ सय १२ र गोरक्क्षेपमा १ सय २२ जना विदेशी पर्यटक होटलहरुमा सुरक्षित रुपमा बसेको प्रहरीले जनाएको छ । उनीहरुलाई मौसममा पूर्ण सुधार नआएसम्म घरबाहिर ननिस्कन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ । त्यस्तै नाम्चे भन्दा मुनिको क्षेत्रमा विहानै देखि परेको अविरल बर्षा पनि रोकिएको छ । अहिले नाम्चेको मौसम सफा रहेको र बादलरहित निलो आकाश देखिएको स्थानीय छिमिकाल्देन शेर्पाले बताउनुभयो ।

यता खुम्बु क्षेत्रमा मौसम विग्रिएको भन्दै पद यात्रामा रहेका पर्यटकहरुलाई स्थानीय प्रशासन र स्थानीय सरकारले उच्च सतर्कता अपनाउन अपिल जारी गरेका छन् । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पदयात्रा र पर्यटन क्षेत्रमा विशेष सतर्कता अपनाउन सार्वजनीक सूचना नै जारी गर्नुभएको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाले पनि सूचना जारी गर्दै पर्यटकलाई सतर्कता अपनाउन आग्रह गर्दै विपद भईहालेमा सहयोग गर्न स्थानीय सरकार तयार रहेको सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । प्रमुख प्रशाकीय अधिकृत गौतमका अनुसार अहिलेसम्म विपदका घटना भएका छैनन् ।

उता मौसम पुर्वानुमान महाशाखाले भने भोली एक दिन मौसममा सूधार आए पनि पर्सिबाट भने हिमपातको संभावना रहेको जनाएको छ । मौसमविद डेभिड ढकालले पर्सिको दिन बाट सगरमाथा क्षेत्रमा ठूलो हिमपातको संभावना रहेको बताउनुभएको छ । पर्सिको दिनबाट थप सजगता अपनाउन मौसमविद ढकालको सुझाब छ ।

Previous Post

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

Next Post

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

Discussion about this post

Everest Highlights

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly