कार्तिक १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ वडा कार्यालयले भोलि अर्थात् कार्तिक १३ गते राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको छ । वडा नम्बर ३ स्थायी ठेगाना भएका नागरिकहरुले २०८० साल असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु तथा विभिन्न वडामा सञ्चालन गरिएको शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका थिए, उनीहरूका परिचयपत्र अब वडा कार्यालयबाट वितरण गरिने भएको हो ।
यस सम्बन्धमा वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्ड लिन आवश्यक कागजात सहित स्वयम् सम्बन्धित व्यक्ति उपस्थित हुन आग्रह गरेको छ । वडा अध्यक्ष ईन्द्र मणी दाहालका अनुसार परिचयपत्र वितरण कार्य सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी पूरा भइसकेको छ ।











Discussion about this post