कार्तिक १३, सोलुखुम्बु । हालैको हिमपात र प्रतिकूल मौसमका कारण लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा हवाई सेवा पूर्ण रूपमा ठप्प भएको छ । बिहीबार बिहान केही समय मौसम खुल्दा सीमित उडान प्रयास भएपनि दिनभर कुनै पनि विमानले नियमित उडान वा अवतरण गर्न सकेको छैन । लुक्ला विमानस्थलका अनुसार बिहानैदेखि आकाशमा बाक्लो बादल भएको कारण उडान गर्न असम्भव बनेको हो ।
केही घण्टा मौसम खुलेपछि करिब ६५ वटा हेलिकप्टर ले मात्र विभिन्न गन्तव्यतर्फ उडान भरेका थिए । लुक्ला क्षेत्रमा हिजोदेखि नै निरन्तर मौसममा फेरबदल भैरहेको जनाइएको छ । मौसममा फेरबदल भइरहेकाले तत्काल उडान सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ ।
हिमालय आरोहण तथा पर्यटन सिजन चलिरहेको बेला हवाई सेवा अवरुद्ध भएपछि सोलुखुम्बु आउने र फर्कने यात्रुहरू समस्यामा परेका छन् । मौसम अनुकूल भएसँगै नियमित उडान पुनः सुरु गरिने विमानस्थल कार्यालयले जनाएको छ ।











Discussion about this post