कार्तिक १३, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले एकदशी मेला व्यवस्थापनको जिम्मा टोल विकास संस्थालाई दिने निर्णय गरेको छ । बिहिवार थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा, ६ मुक्ली र ५ जुबुका वडा अध्यक्षहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
तीन वडाको सिमानामा लाग्ने मेला व्यवस्थापनका लागि सोहि क्षेत्रका टोल विकास संस्थालाई जिम्मा दिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । वडा नम्बर ७ स्थित बर्खुघाटमा देउसा, मुक्ली, जुबु लगायतको क्षेत्रबाट फुल तार्ने र अन्य पुजा गर्ने गरिन्छ ।
पितृको नाउमा दुधकोशी नदिमा फुल तार्ने गरेपनि उक्त फुल सोही दिन काट्ने गरेको गुनासोलाई समेत ध्यानमा राखेर काम हुने बताईएको छ । बैठकको निर्णय अनुसार यस वर्ष देखि कम्तीमा तीन दिन सम्म टोल विकास संस्थाको पदाधिकारी र स्वयंसेवकले रेखदेख गर्नेछन । तोकिएको समयमा भित्र फुलको लठ्ठा काट्नेलाई टोल विकास संस्थाले कार्बाहि गर्ने समेत बताइएको छ .
 
			 
                                









 
                                
Discussion about this post