कार्तिक १३, सोलुखुम्बु । खुम्बु क्लाइम्बिङ सेन्टर केसीसीले पवर्तराहोण तालिम सच्चालन गर्ने भएको छ । खुम्बु क्लाइम्बिङ सेन्टर केसीसी द्वारा सञ्चालित आरोहण तालिम– आगामी २०२६ जनवरी १४ देखि जनवरी २९ सम्म फोर्चे मा सञ्चालन गर्ने भएको हो । सहभागीले २०२५ डिसेम्बर १ देखि ४ सम्म फोर्चे नाम्चेबजारस्थित केसीसी कार्यालय, हाइ क्याम्प क्याफे पासाङल्हामु फाउन्डेसन धुम्बाराही, काठमाडौँ, वा लुक्ला नमस्ते लजमा आवेदन दिन सक्नेछन् ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, ट्रेकिङ एजेन्सीको सिफारिस, पुरानो तालिमको प्रमाणपत्र, दुई प्रति पासपोर्ट साइज फोटो र २०० रुपैयाँ शुल्क आवश्यक हुने केसीसीका उपाध्यक्ष छेपाल शेर्पाले जानकारी दिनुभयो । तालिमका लागि सामग्री नभएकाले केसीसीबाट भाडामा लिन सक्नेछन् । छनोट भएका सहभागीको नामावली डिसेम्बर २० मा प्रकाशित हुने र चयनितले डिसेम्बर २५ भित्र १० हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । तालिममा उपस्थित भएपछि २५ सय शुल्कका रूपमा कट्टा गरिनेछ भने बाँकी रकम फिर्ता गरिनेछ ।
अनुपस्थित हुनेको रकम फिर्ता नहुने बताइएको छ । केसीसीका अनुसार तालिमले पर्वतारोहणमा रुचि राख्ने युवायुवतीलाई व्यावहारिक सीप, सुरक्षा ज्ञान र पर्वतीय वातावरणप्रतिको जिम्मेवारीबोध विकासमा मद्दत पुर्याउने विश्वास लिइएको छ ।










Discussion about this post