कार्तिक १४, सोलुखुम्बु । पूर्व र मध्य क्षेत्रसँगै देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर झरी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । पूर्वका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा मोरङमा ८७, सप्तरीमा ७४, उदयपुरमा ७२ र झापामा ६० मिलिमिटर पानी परेको छ ।
आज कोशी, मधेश र बागमती प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा भारी हिमपातको सम्भावना छ । आज हिजोको तुलनामा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।
 
			 
                                









 
                                
Discussion about this post