मंसिर २६, सोलुखुम्बु । उदयपुरको बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट स्व. सनातकुमार राई कभर्डहलमा उक्त प्रतियोगिता सुरु भएको हो । बसाहा ब्याडमिन्टन क्लवका आयोजना तथा चौदण्डिगढी नगरपालिकाको सहयोगमा दुई दिने जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष डबल्स बि डिभिजन, भेट्रान्स डबल्स र महिला डबल्स,बी डिभिजन गरि तीन ईभेन्टसमा खेल हुनेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न पालिका र क्लवका खेलाडिको सहभागिता रहेको छ । प्रतियोगिताको पालिकाकी उपमेयर मणिका दुलालले उद्धघाटन गर्नुभयो ।
उद्धघाटन कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कालिदास राई (किसन) र बरिष्ठ उपाध्यक्ष नारायण तामाङको जोडिको विरुद्ध चौदण्डिगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई र कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकमान श्रेष्ठ टीम बिच खेल सुरु गरिएको हो । अधिकृत जोडीको पक्षमा जित भएको जनाइएको छ ।










Discussion about this post