पौष १३, सोलुखुम्बु । सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारले आर्थिक रूपमा कमजोर रहेका राम बहादुर सुन्दासलाई करिब ७६ हजार रुपैयाँ बराबरको सिलाई मेसिनको एक सेट तथा अन्य आवश्यक सामग्री सहयोग गरेको छ । शनिबार प्रदान गरिएको उक्त सहयोग काठमाडौंमा बसोबास गर्न सहज होस् भन्ने उद्देश्यले गरिएको जनाइएको छ ।
उक्त सहयोग हात्तिराम सुन्दासका अभिभावक रामचन्द्र सुन्दासको नेतृत्वमा केशव चन्द सुन्दास, तिलक सुन्दास, स्वाजिल्याण्डमा रहेका सुवास सुन्दास, सन्तोष सुन्दास लगायतकाे सहकार्य रहेको थियो । महेश बाबु सुन्दासका अनुसार सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारले आगामी दिनमा नयाँ समिति दर्ता गरी समाजमा उदाहरणीय तथा सकारात्मक कामहरू गर्दै जाने जानकारी दिनुभयो ।










Discussion about this post