Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

Radio Everest by Radio Everest
January 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ ।  फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक सरगर्मी तीव्र बनेको छ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा १३ वटा राजनीतिक दल र दुई स्वतन्त्र गरी कुल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीका अनुसार जिल्लामा स्थापित ठूला दलदेखि नयाँ र वैकल्पिक शक्तिसम्म निर्वाचन मैदानमा उत्रिएका छन् । यसले खोटाङको राजनीतिक प्रतिस्पर्धा बहुआयामिक र रोचक बन्ने संकेत गरेको छ । सत्तारूढ नेपाली कांग्रेसबाट वीरकाजी राई उम्मेदवार बनेका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट देवविक्रम राईले मनोनयन दर्ता गराएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट हरि रोका, नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर बुढाथोकी उम्मेदवार बनेका छन् ।

        नयाँ र वैकल्पिक राजनीतिक धारका दलहरू पनि यस निर्वाचनमा सक्रिय देखिएका छन् । श्रम संस्कृति पार्टीबाट आरेन राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, उज्यालो नेपाल पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राईले उम्मेदवारी दर्ता गराएका छन् । यी दलहरूले परम्परागत राजनीतिभन्दा फरक एजेन्डा अघि सारेका कारण युवापुस्ताको ध्यान तान्ने प्रयास गरिरहेका छन् ।

   यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, जसपा नेपालबाट सुनिल चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार बनेका छन् । यसैगरी, डा. राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले मतदातालाई दलभन्दा व्यक्तित्व र एजेन्डामा आधारित विकल्प दिने अपेक्षा गरिएको छ । तर, यस पटकको उम्मेदवारी दर्तामा एउटा गम्भीर पक्ष पनि देखिएको छ । जिल्लामा उम्मेदवारी दिएका १३ वटै राजनीतिक दलबाट एक जना पनि महिला उम्मेदवार नउठाइनु समावेशी लोकतन्त्रको मर्मविपरीत देखिएको छ । संविधान र कानुनले समावेशीतालाई जोड दिए पनि व्यवहारमा दलहरू अझै अनुदार देखिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । मतदाता तथ्यांक अनुसार खोटाङ जिल्लामा १० स्थानीय तहमा फैलिएका १ लाख ४७ हजार १ सय २० जना मतदाता छन् । निर्वाचनका लागि जिल्लाभर १३६ मतदान स्थल र १९५ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने तयारी तीव्र पारेको जनाएको छ । उम्मेदवारी दर्तासँगै अब चुनावी प्रचार–प्रसार, एजेन्डा र जनसम्पर्कको चरण सुरु हुने भएकाले खोटाङको राजनीतिक माहोल आगामी दिनमा अझ तातेको देखिनेछ । परम्परागत र नयाँ राजनीतिक शक्तिबीचको प्रतिस्पर्धाले मतदाताले कस्तो जनादेश दिन्छन् भन्ने चासो बढ्दै गएको छ ।

Previous Post

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

Next Post

पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, पहाड–हिमालमा आंशिक बदली

Related Posts

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलोभन्दा बढी कार्गो ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलोभन्दा बढी कार्गो ढुवानी

September 4, 2026
0
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
0
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
0
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

Discussion about this post

Everest Highlights

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलोभन्दा बढी कार्गो ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलोभन्दा बढी कार्गो ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly