माघ १३, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिका–२ मा ३० जना महिलाले एक महिनाको बुनाइ सम्बन्धी सीपमूलक तालिम सम्पन्न गरेका छन् । लिखुपिके गाउँपालिकाको सहकार्य तथा लिखु सामुदायिक सिकाइ केन्द्र, लिखुपिके–२ को आयोजनामा सञ्चालन गरिएको उक्त तालिम महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले महिलाहरूलाई सीप विकासले आर्थिक रूपमा सबल र आत्मनिर्भर बन्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्ता सीपमूलक तथा आयआर्जनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष मणिराज बस्नेत, पूर्व वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । तालिम सहजकर्ता राधा कार्कीले सहजीकरण गर्नुभएको उक्त बुनाइ तालिम अत्यन्तै प्रभावकारी भएको सहभागी महिलाहरूले बताएका छन् । तालिमबाट नयाँ सीप सिक्न पाउँदा आफूहरू उत्साहित र खुसी भएको उनीहरूको प्रतिक्रिया थियो ।











Discussion about this post