Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिल्पी थिएटरमा नाटक ‘ए थिबेउ !’ मञ्चन, दर्शकको उत्साहजनक उपस्थिति

Radio Everest by Radio Everest
January 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ए थिबेउ !’ माघ ९ गतेदेखि नियमित रूपमा मञ्चन भइरहेको छ । किराँत समुदायमा प्रचलित ‘थिबिया’ मिथकबाट प्रेरित यस नाटकले दर्शकको उल्लेखनीय उपस्थिति र सकारात्मक प्रतिक्रियासँगै ध्यान तानेको छ । रङ्गकर्मी वेदना खेरसुङ्मा राई को निर्देशनमा तयार भएको नाटक छड्के टोपी आट्र्स एन्ड स्टुडियो को प्रस्तुतिमा निर्माण गरिएको हो । नाटकको लेखन गिलु रातोस ले गरेका हुन् भने सहायक निर्देशन उमेश सुनाम ले सम्हालेका छन् । नाटकले एउटी आमाले सन्तान गुमाउँदाको पीडा, प्रतीक्षा र रूपान्तरणको कथा प्रस्तुत गर्दै मातृत्व प्रेम, मानव र प्रकृतिबीचको सम्बन्ध तथा अस्तित्वको प्रश्न लाई केन्द्रमा राखेको छ । कथाअनुसार, थिबिया नामकी आमाको एकमात्र छोरा थिबे नदीमा बगाइन्छ । छोराको खोजीमा निरन्तर “थिबेउ… थिबेउ…” भन्दै भौँतारिँदा उनी चरामा रूपान्तरण भएको विश्वास गरिन्छ । आज पनि जंगल र पहाडमा सुनिने थिबिया चराको आवाजलाई हराएको सन्तान खोजिरहेकी आमाको करुण क्रन्दनका रूपमा लिइन्छ । नाटकले पौराणिक कथालाई समकालीन सामाजिक सन्दर्भसँग जोड्दै “आफ्नो अस्तित्व जोगाउने क्रममा अरूको अस्तित्व मेटिँदै त छैन ?” भन्ने गम्भीर प्रश्न उठाएको छ । साथै समाजभित्र गहिरिएर बसेको पितृसत्ताको सूक्ष्म तर प्रभावशाली उपस्थिति लाई पनि नाटकले मञ्चमा प्रस्तुत गरेको छ । थिएटर स्रोतका अनुसार, नाटक मञ्चन सुरु भएयता दर्शक उपस्थिति निरन्तर रहेको र शनिबार अतिरिक्त शो सञ्चालन गर्नुपरेको छ । नियमित शो बाहेक अतिरिक्त शो थपिनु नाटकप्रतिको दर्शक आकर्षणको संकेतका रूपमा हेरिएको छ । दर्शक प्रतिक्रियामा नाटकको निर्देशन, अभिनय र सांस्कृतिक प्रस्तुति विशेष रूपमा प्रशंसा गरिएको छ । संवादभन्दा दृश्य, ध्वनि र शारीरिक अभिनय मार्फत कथा प्रस्तुत गरिएको शैलीले दर्शकलाई भावनात्मक रूपमा जोडेको प्रतिक्रिया पाइन्छ ।
नाटकमा सन्जीव राई, अञ्जना राई, सोहाङ राई थुलुङ, संगीता थापा, प्रविण पोखरेल, सञ्जिप योगी, अभिषेक शर्मा राजोपाध्याय, रेणुका घर्ती मगर, रोशनी कार्की, रेजिना राई, पूर्णबहादुर गन्धर्व, अग्निश्री विश्वकर्मा, शान्ता राई, मनिका लामा, चिराग पनेरु, डेभिड सुवेदी, युगल श्रेष्ठ र पवन कुमार तामाङ (गोले) लगायतका कलाकारहरूको अभिनय रहेको छ । नाटक फागुन ४ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५ः१५ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि राखिएको छ । मिथक, संस्कृति र समकालीन सामाजिक प्रश्नलाई एकै सूत्रमा बाँध्ने नाटक ‘ए थिबेउ !’ ले नेपाली रंगमञ्चमा दर्शकको रुचि र सहभागिता दुवै बढाएको देखिन्छ ।

Previous Post

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना, अवस्था गम्भीर

Next Post

सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026
0
Next Post
सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

Discussion about this post

Everest Highlights

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026
बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly