सबिना राई जेठ ११, सोलुखुम्बु । ऐसेलुखर्क किरात सेवा समाजको आयोजनामा शनिबार बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न भएको छ। कार्यक्रम गोदाम चौरमा आयोजना गरिएको हो। कार्यक्रम समाजका अध्यक्ष राम कुमारको अध्यक्षता तथा गिरेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रदर्शनीमा विभिन्न १५ वटा साकेला समूहको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा किरात समुदायको मौलिक संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित साकेला सिलि प्रदर्शन गरिएको थियो।उक्त अवसरमा २०८२ सालको एसईई परीक्षामा खोटाङ जिल्लाभित्रका सामुदायिक विद्यालयमध्ये ३.८३ जिपिए ल्याई दोस्रो तथा त्रिभुवन माध्यमिक विद्यालयबाट प्रथम हुन सफल छात्रा स्पन्दना राईलाई नगद पाँच हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा राजेश कुमार राजभण्डारी, विश्वनाथ निरौला, पुष्पकला भुजेल लगायत वडा अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।










Discussion about this post