Sunday, July 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Radio Everest by Radio Everest
July 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार २१, सोलुखुम्बु । सोलुखुम्बु जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि आइतबार आयोजित एक कार्यक्रममार्फत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ प्रकारका खोप १५ महिनामुनिका सबै बालबालिकाले प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवनप्रसाद चौलागाईंका अनुसार जिल्लाभर गरिएको सर्वेक्षणमा कुल ५ हजार ६ सय ३७ जना लक्षित बालबालिका समेटिएका थिए ।

तीमध्ये ० देखि ११ महिनाका ९ सय २ जना र १६ देखि २३ महिनाका ६ सय ४ जना बालबालिका रहेका थिए। सर्वेक्षणका क्रममा जिल्लाभरका ५ हजार ६ सय ३७ जना बालबालिकामध्ये अधिकांशले पहिले नै पूर्ण खोप प्राप्त गरिसकेका थिए । विभिन्न स्थानीय तहमा आंशिक रूपमा खोप छुटेका तीन जना बालबालिका मात्र फेला परेका थिए । ती बालबालिकालाई स्वास्थ्यकर्मी तथा खोप सुनिश्चितता समन्वय समितिको पहलमा तत्काल खोप सेवाको पहुँचमा ल्याई आवश्यक सबै मात्रा प्रदान गरी पूर्ण खोप सुनिश्चित गरिएको कार्यालयले जनाएको छ । पूर्ण खोप सुनिश्चितता प्रक्रियाअन्तर्गत १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान गरिन्छ ।

खोप छुटेका बालबालिकालाई आवश्यक सबै मात्रा प्रदान गरेपछि मात्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने व्यवस्था रहेको छ । कार्यक्रममा आगामी वर्षहरूमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने गरी सबैलाई पूर्ण खोप उपलब्ध गराउने प्रतिबद्धतासहित सरोकारवालाहरूले हस्ताक्षरसमेत गरेका छन् । घोषणा समारोहमा जिल्लाका आठ वटै स्थानीय तहलाई सम्मान गरेको थियो ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आठवटै स्थानीय तहका स्वास्थ्य संयोजकलाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Previous Post

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

Next Post

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा नयाँ प्रमुख जिल्ला अधिकारी मगर आउँदै, पाण्डेको सरुवा

July 5, 2026
0
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
0
Next Post
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly