साउन ९, सोलुखुम्बु । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित भारी वर्षाका कारण पहाडी तथा तराई क्षेत्रका नदी–नाला आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, वर्षाका कारण सडक यातायात र दैनिक जनजीवनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन पनि सुझाव दिइएको छ।










Discussion about this post