Wednesday, October 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

Radio Everest by Radio Everest
July 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ९, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका वडा नम्बर १ सेखुवाबाट प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन ८ गते दिउँसो २ बजे उर्गेन राईले आफ्नै घरमा अवैध रूपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीले सेखुवा निवासी भोटबहादुर राईका २८ वर्षीय छोरा उर्गेन राई र प्रेमकुमार राईका २४ वर्षीय छोरा दिपेन राईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उर्गेन राईको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको निजकै जग्गामा बनमाराको झाडीभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी रातो प्लास्टिकभित्र सेतो कागजले बेरिएका पाँच थान फलामका टुक्रा, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, अर्को बट्टाभित्र राखिएको बारुद जस्तो देखिने कालो धुलो पदार्थ तथा ‘तिर’ लेखिएको प्याकेटभित्र काटीसहितका तीन थान सलाईका प्याकेटसमेत प्रहरीले बरामद गरेको छ ।

बरामद भएका सामग्री दशीका रूपमा सुरक्षित राखी दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक प्रकाश बुढाथोकीका अनुसार पक्राउ परेका उर्गेन राई र दिपेन राईविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा खोटाङ जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

Previous Post

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

Next Post

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Related Posts

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

October 28, 2026
0
वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

October 28, 2026
0
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
0
आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

October 27, 2026
0
Next Post
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

October 28, 2026
वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

October 28, 2026
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

October 27, 2026
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

October 28, 2026
वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

October 28, 2026
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly