Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

Radio Everest by Radio Everest
July 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, साउन १० । नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित प्रथम जिल्ला परिषद् आइतबार सल्लेरीमा सम्पन्न भएको हो । परिषद्लाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ सोलुखुम्बुका जिल्ला अध्यक्ष जनककुमार थापाले नेपाल शिक्षक महासंघ सम्पूर्ण नेपाली शिक्षक तथा विद्यालय कर्मचारीको साझा छाता संस्था भएको बताउनुभयो ।

उहाँका अनुसार वि.सं. २०७१ माघ २८ गते महासंघ घोषणा भई २०७१ फागुन २७ गते केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय तदर्थ समिति गठन गरिएको थियो । सोही समितिले देशभर संगठन विस्तार गर्ने क्रममा सोलुखुम्बुमा पनि महासंघ गठन भई शिक्षक तथा विद्यालय कर्मचारीको हकहित र पेसागत संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । हाल दोस्रो जिल्ला कार्यसमिति गठन भइसकेको र सोही कार्यसमितिको आयोजनामा प्रथम जिल्ला परिषद् सम्पन्न भएको उहाँको भनाइ थियो ।

अध्यक्ष थापाले वि.सं. २०८१ चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म सञ्चालन भएको २९ दिने शिक्षक आन्दोलनका क्रममा जिल्लामा संकलन भएको रकम तथा त्यसको खर्च विवरणसमेत सार्वजनिक गर्नुभएको थियो । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मदनकुमार राईले शिक्षक तथा विद्यालय कर्मचारीका हकहितका लागि विगतमा पटक–पटक आन्दोलन गरिए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।

उहाँले शिक्षकका जायज माग सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल शिक्षक महासंघ सोलुखुम्बुका जिल्ला सचिव सूर्यबहादुर बस्नेतले राष्ट्रिय समितिबाट जारी निर्देशनको पूर्ण कार्यान्वयन गर्दै समग्र शैक्षिक उन्नति र शिक्षक–कर्मचारीको पेसागत हकहित संरक्षणमा जिल्ला समिति सक्रिय रहेको बताउनुभयो ।

उहाँले महासंघसँग विगतमा भएका सहमति तथा सम्झौताहरू कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै शिक्षकका सम्पूर्ण माग समेटिएको विद्यालय शिक्षा ऐन अझै जारी हुन नसकेको, शिक्षा नियमावलीमा शिक्षकको पेसागत सुनिश्चिततासम्बन्धी सहभागिता घटाइएको तथा स्थानीय तहको क्षेत्राधिकार विस्तारका कारण शिक्षकहरू पुनः समस्यामा पर्न सक्ने अवस्था देखिएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले सबै प्रकृतिका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउन राष्ट्रिय समितिमार्फत पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास (ईसीडी) शिक्षक–सहजकर्ताको न्यूनतम सेवा–सुविधा र पेसागत सुनिश्चितताका लागि एकताबद्ध भई राष्ट्रिय समितिबाट हुने कार्यक्रम तथा आन्दोलनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष खिलक बहादुर कार्की, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हस्तबहादुर राई, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिती रहेको थियो ।

Previous Post

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

Next Post

काठमाण्डौ पुगेर सुनकोशीले दियो सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly