सोलुखुम्बु, साउन १० । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले काठमाण्डौ पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । विभिन्न कारणले काठमाण्डौमा बसोबास गर्दै आइरहेका पालिकाबासीहरुको सहजताका लागी गाउँपालिकाले साउन ९ र १० गते २ दिन शिविर आयोजना गरेको थियो । जसमा गाउँपालिकाका २ सय ८३ र अन्य पालिका .वा जिल्लाका १० जना गरि २ सय ९३ जनाले सेवा लिएका छन् ।
शिविरमा १ सय ५५ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको छ । यस्तै दलित ज्येष्ठ नागरिक ५ जना, महिला ज्येष्ठ नागरिक २५ जना, विधुवा ४४ जना, पुर्ण अपाङ्ग २९ जना, अति अपाङ्ग १९ जना र दलित बालबालिका ४ जनाको सामाजिक सुरक्षा भत्तँ नविकरण गरिएको गाउँपालिकाको वडा नम्बर १ का सचिव प्रकाश सापकोटाले बताउनुभयो । गाउँपालिकाले आयोजना गरेको शिविरमा सर्लाहि जिल्लाका २ जना, जिल्लाकै चिसंखुगढी गाउँपालिकाका ७ जना र रामेछापको लिखु तामाकोशी गाउँपालिकाका ४ जनाले सेवा लिएका छन् ।
शिविर काठमाण्डौको नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन गरिएको थियो । यस शिविरबाट सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नविकरणकै लागी गाउँपालिका सम्म स्थानमा पुग्नुपर्ने झन्झट, समय तथा खर्चको बचत भएको गाउँपालिकाल अध्यक्ष कमल तामाङले बताउनुभयो ।











Discussion about this post