Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

Radio Everest by Radio Everest
August 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ५, सोलुखुम्बु ।सोलुखुम्बुमा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएको पाइएको छ । जिल्ला अदालत सोलुखुम्बुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढेको हो । अदालतमा आर्थिक वर्ष २०८१/८२ मा सम्बन्धविच्छेदका १०८ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये ८९ वटा मुद्दा फछ्र्योट भएका थिए भने २० वटा मुद्दा बाँकी रहेका थिए। आर्थिक वर्ष २०८२/८३ मा भने सम्बन्धविच्छेदका मुद्दा बढेर १२२ पुगेका छन्। तीमध्ये ९९ वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने २३ वटा मुद्दा बाँकी छन् । यसरी हेर्दा एक आर्थिक वर्षमै सम्बन्धविच्छेदका मुद्दा १४ वटा अर्थात् करिब १३ प्रतिशतले बढेको देखिन्छ ।

सम्बन्धविच्छेदका घटना बढ्नुका पछाडि महिला आत्मनिर्भर हुनु, शिक्षा र चेतनाको स्तर बढ्नु, घरेलु तथा लैङ्गिक हिंसा सहेर बस्न नचाहने प्रवृत्ति बढ्नुजस्ता कारण रहेको सरोकारवालाको भनाइ छ । अन्तरपार्टी महिला सञ्जालकी सदस्य माया शेर्पाका अनुसार महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुँदै जानु र शिक्षित तथा सचेत बन्नुले हिंसापूर्ण सम्बन्धबाट बाहिर निस्कने साहस बढेको छ । विगतमा समाज र आफन्तले के भन्लान् भन्ने डरले धेरै महिलाले हिंसा सहेरै सम्बन्धमा बस्ने गरेको भए पनि अहिले त्यस्तो अवस्था क्रमशः परिवर्तन हुँदै गएको उहाँको भनाइ छ ।

तर सम्बन्धविच्छेद बढ्नुका पछाडि सकारात्मक कारणसँगै केही सामाजिक र पारिवारिक पक्ष पनि जिम्मेवार रहेको शेर्पाले बताउनुभयो । विवाह तथा सम्बन्धमा अत्यधिक अपेक्षा राख्ने, अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्ने, किशोरावस्थामै प्रेम सम्बन्ध तथा विवाहमा प्रवेश गर्ने र साना समस्यालाई समयमै समाधान गर्न नसक्ने कारणले पनि वैवाहिक सम्बन्धमा समस्या उत्पन्न हुने उहाँको भनाइ छ । विशेषगरी हिमाली जिल्लामा मादक पदार्थ तथा मदिराको अत्यधिक सेवनले पारिवारिक सम्बन्धमा तनाव सिर्जना गर्ने गरेको सरोकारवालाको भनाइ छ । मदिराको सेवनपछि हुने झैझगडा, घरेलु हिंसा, आर्थिक समस्या र आपसी अविश्वासले दाम्पत्य सम्बन्ध कमजोर बनाउने गरेको बताइएको छ ।

यस्तै घरेलु तथा लैङ्गिक हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्रकी संयोजक एका कुमारी कार्कीका अनुसार सम्बन्ध जोगाउन सबैभन्दा पहिले आपसी समझदारी, धैर्य र संवाद आवश्यक हुन्छ । समस्या उत्पन्न हुनेबित्तिकै सम्बन्ध तोड्ने निर्णय लिनुभन्दा समस्या के हो भन्ने पहिचान गरी समाधानको प्रयास गर्नुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार वैवाहिक जीवनमा श्रीमान्–श्रीमती दुवैले एकअर्काको चाहना, भावना र अवस्थालाई बुझ्न आवश्यक हुन्छ। अपेक्षा पूरा नभएको अवस्थामा संवाद नगरी असन्तुष्टि बढाउँदै लैजाँदा सामान्य समस्या पनि ठूलो विवादमा परिणत हुन सक्छ ।

“सम्बन्ध जोगाउन धैर्य चाहिन्छ,” कार्कीको भनाइ छ। उहाँका अनुसार विवाहअघि नै दुवै पक्षले आफ्नो अपेक्षा, जिम्मेवारी र भविष्यका विषयमा स्पष्ट छलफल गर्न सके वैवाहिक जीवनमा उत्पन्न हुने धेरै समस्या कम गर्न सकिन्छ । सामाजिक सञ्जाल र अरूको जीवनसँग आफ्नो दाम्पत्य जीवन तुलना गर्ने प्रवृत्तिले पनि पछिल्लो समय सम्बन्धमा असर पार्न थालेको सरोकारवालाको भनाइ छ। बाहिरबाट देखिएको अरूको सुखी जीवनलाई आफ्नो वास्तविक जीवनसँग तुलना गर्दा असन्तुष्टि बढ्न सक्ने भएकाले सामाजिक सञ्जालमा देखिने विषयलाई वास्तविकताको मापदण्ड बनाउन नहुने उनीहरूको सुझाव छ । सम्बन्धविच्छेद सबै अवस्थामा गलत निर्णय भने होइन, हिंसा, दुव्र्यवहार वा असुरक्षित सम्बन्धमा रहेका व्यक्तिले सुरक्षित जीवन रोज्नु आवश्यक हुन्छ। तर सामान्य मतभेद, क्षणिक रिस, अवास्तविक अपेक्षा वा आपसी संवादको अभावकै कारण सम्बन्ध टुट्न नदिन परिवार, समुदाय र सम्बन्धित निकायले परामर्श तथा सहयोगको वातावरण बनाउनुपर्ने देखिन्छ ।

सरोकारवालाले विवाहअघि नै वैवाहिक जीवन, पारिवारिक जिम्मेवारी, आर्थिक व्यवस्थापन, लैङ्गिक समानता र आपसी सम्मानबारे युवायुवतीलाई आवश्यक परामर्श दिनुपर्ने बताएका छन्। किशोर–किशोरीलाई पनि प्रेम सम्बन्ध र विवाहका विषयमा सही जानकारी तथा जीवनोपयोगी शिक्षा दिन सके अपरिपक्व निर्णयबाट उत्पन्न हुने पारिवारिक समस्या कम गर्न सकिने उनीहरूको भनाइ छ। सम्बन्धविच्छेदका मुद्दाको बढ्दो सङ्ख्याले केवल विवाह टुटिरहेको तथ्य मात्र देखाउँदैन, यसले बदलिँदो सामाजिक चेतना, महिलाको आत्मनिर्भरता र पारिवारिक सम्बन्धको नयाँ स्वरूपलाई समेत संकेत गर्छ। त्यसैले सम्बन्ध जोगाउने नाममा हिंसा सहन बाध्य पार्ने होइन, स्वस्थ सम्बन्ध निर्माणका लागि आपसी सम्मान, समान व्यवहार, धैर्य, संवाद र जिम्मेवारीबोध बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

Previous Post

सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

Next Post

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly