भाद्र ३, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका ११ मा पार्टी वडा कार्यालय स्थापना गरेको छ । वडातहमा नियमित नागरिकका प्रतिकृया र गुनासा सुन्नका लागी पार्टी कार्यालय स्थापना गरिएको हो । वडा समितिको कार्यालयमा अव नागरिकले सरकारसँग सम्बन्धित गुनासा र प्रतिकृयाहरू राख्न सक्ने छन् । यस्तै उक्त कार्यालयमा पार्टीले आफ्ना नियमित गतिविधिहरू समेत सञ्चालन गर्ने वडा सदस्य राम जी बस्नेतले जानकारी दिनुभएकाेछ ।










Discussion about this post