Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

Radio Everest by Radio Everest
August 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आत्महत्या गर्ने महिलाको तुलनामा पुरुषको संख्या दोब्बरभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ६१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४३ जना पुरुष र १८ जना महिला रहेका छन् ।

प्रहरीका अनुसार पुरुषमा आत्महत्याको दर बढी देखिनुमा मानसिक तनावलगायतका विभिन्न कारण जिम्मेवार रहेको हुनसक्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीका अनुसार आत्महत्या गर्नेमा १६ वर्षमुनिका एक जना, १६ देखि २५ वर्ष उमेर समूहका १५ जना, २६ देखि ३५ वर्षका १२ जना, ३६ देखि ४५ वर्षका १५ जना, ४६ देखि ६० वर्षका पाँच जना र ६० वर्षभन्दा माथिका १३ जना रहेका छन् ।

उमेर समूहका आधारमा हेर्दा १६ देखि २५ वर्ष तथा ३६ देखि ४५ वर्ष उमेर समूहमा आत्महत्याको संख्या बढी देखिएको छ । यस्तै, ६० वर्षभन्दा माथिका व्यक्तिमा पनि आत्महत्याको संख्या उल्लेख्य रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रनाउ बुढाथोकीले पछिल्लो समय महिलाको तुलनामा पुरुषमा मानसिक तनाव बढी देखिनु, समस्या तथा तनाव व्यक्त गर्न नसक्नु र विभिन्न सामाजिक तथा पारिवारिक कारणले आत्महत्याको जोखिम बढेको हुनसक्ने बताउनुभयो ।

उहाँका अनुसार आत्महत्या न्यूनीकरणका लागि परिवार, समुदाय, विद्यालय, स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय आवश्यक छ । मानसिक समस्यालाई लुकाएर राख्नेभन्दा समयमै पहिचान गरी सम्बन्धित व्यक्ति तथा परिवारले सहयोग र परामर्श उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । प्रहरीले आत्महत्या रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, लागुऔषध दुव्र्यसन, घरेलु तथा लैङ्गिक हिंसा र आत्महत्या रोकथामसम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मानसिक तनावमा रहेका व्यक्तिलाई एक्लै नछाड्ने, उसको कुरा ध्यानपूर्वक सुन्ने र समस्या गम्भीर देखिएमा स्वास्थ्यकर्मी वा मनोसामाजिक परामर्शदातासम्म पु¥याउने वातावरण बनाउन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने प्रहरीको सुझाव छ ।

Previous Post

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Next Post

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly