Tuesday, October 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

Radio Everest by Radio Everest
August 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ १०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पुरुषको तुलनामा महिलाको नाममा उद्योग दर्ता गर्नेको संख्या न्यून देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्कअनुसार जिल्लामा ९७ वटा उद्योग पुरुषको नाममा दर्ता हुँदा महिलाको नाममा २१ वटा मात्रै उद्योग दर्ता भएका छन् । कार्यालयका अनुसार उक्त आर्थिक वर्षमा उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन तथा सेवामूलक गरी जम्मा ११८ वटा उद्योग दर्ता तथा नवीकरण भएका छन् ।

कार्यालयका सूचना अधिकारी सुनिता राईका अनुसार उद्योग दर्तामा महिलाको सहभागिता बढ्दो क्रममा रहे पनि पुरुषको तुलनामा अझै निकै कम छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायणप्रसाद खतिवडाले महिलालाई उद्योग दर्ताका लागि प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा रहेको भए पनि त्यसबारे पर्याप्त जानकारी नहुँदा सहभागिता कम भएको हुन सक्ने बताउनुभयो । उहाँका अनुसार महिलाको नाममा उद्योग तथा वाणिज्य फर्म दर्ता गर्दा निश्चित सीमासम्मको पुँजीमा दर्ता शुल्क तथा करमा छुटको व्यवस्था छ । कार्यालयले सेवाग्राहीलाई त्यस्ता सुविधा र प्रक्रियाबारे जानकारी गराउँदै आएको उहाँले बताउनुभयो । खतिवडाले सोलुखुम्बुको भौगोलिक अवस्थाका कारण पनि महिलाको नाममा उद्योग दर्ता कम भएको हुन सक्ने बताउनुभयो ।

गाउँबाट सरकारी कार्यालयसम्म आउने काममा पुरुषको सहभागिता बढी हुने र महिलालाई घरायसी जिम्मेवारीका कारण व्यवसाय दर्ता तथा सञ्चालनमा प्रत्यक्ष रूपमा सहभागी हुन कठिनाइ हुने गरेको उहाँको भनाइ छ । महिलालाई उद्यमशील बनाउन कार्यालयले महिलामैत्री कार्यक्रम तथा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । सिलाइ–कटाइ, ढाका तथा अल्लोका सामग्री उत्पादन, ब्युटी पार्लर, अचार तथा अन्य घरेलु उत्पादनसम्बन्धी तालिममा महिलाको सहभागिता बढी हुने गरेको कार्यालयले जनाएको छ । तर तालिममा सहभागी महिलाले सीप हासिल गरेपछि त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्ने र उद्योगका रूपमा दर्ता गर्ने क्रम भने अपेक्षाकृत कम रहेको कार्यालय प्रमुख खतिवडाको अनुभव छ ।

उहाँका अनुसार थुलुङ दूधकौशिका गाउँपालिका–३ मा सञ्चालन गरिएको अचार बनाउने तालिममा करिब ४० जना सहभागी भएका थिए । तालिमपछि सहभागीलाई उत्पादनलाई व्यावसायिक रूप दिन उद्योग दर्ता गर्न आग्रह गरिए पनि हालसम्म धेरैजना व्यवसायिक रूपमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो । कार्यालयले तालिमलाई छोटो अवधिको सीप सिकाउने कार्यक्रमका रूपमा मात्र नभई सहभागीलाई व्यावसायिक रूपमा सक्षम बनाउने उद्देश्यले सञ्चालन गर्ने जनाएको छ । सिलाइ–कटाइजस्ता तालिम तीन महिनासम्म सञ्चालन हुने र तालिमका क्रममा प्रयोग हुने मेसिन तथा प्रविधिको प्रयोगसम्बन्धी सीपसमेत प्रदान गरिने कार्यालयले जनाएको छ ।

तालिम पूरा गरेपछि सहभागीलाई स्थानीय तह तथा वडा कार्यालयमार्फत आवश्यक उपकरण उपलब्ध गराउन सहजीकरण गरिने खतिवडाले बताउनुभयो । उद्योग दर्ता गरी व्यावसायिक रूपमा काम गर्न थालेका उद्यमीलाई प्रविधि तथा अन्य सहयोगमा प्राथमिकता दिने व्यवस्था रहेको उहाँको भनाइ छ । महिलालाई उद्यमशील बनाउन राज्यका तीनै तहका सरकारबाट विभिन्न कार्यक्रम र सुविधा सञ्चालनमा रहे पनि त्यसबारे पर्याप्त जानकारी नहुँदा अपेक्षित लाभ लिन नसकेको उहाँले बताउनुभयो ।

खतिवडाले महिलालाई उद्योग दर्ता गरी आफ्नै व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। व्यवसाय सञ्चालनले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै परिवार र समाजमा निर्णय गर्ने क्षमता बढाउने उहाँको भनाइ छ । कार्यालयले महिलालाई उद्यमशील बनाउने उद्देश्यले आगामी दिनमा पनि सीपमूलक तथा प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Previous Post

केही प्रदेशमा आज भारी वर्षाको सम्भावना

Next Post

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly