भदौ १४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ मा बसपार्क टोलसुधार समिति गठन गरिएको छ । आईतबार समितिको दोस्रो अधिवेशनले लाक्पा तामाङको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । यस्तै उपाध्यक्षमा भविराज राई, सचिवमा छिरिङ तामाङ, कोषाध्यक्षमा निर्मला राई, सहसचिवमा रमिला राई र सदस्यहरुमा ठकुरी प्रसाद ढुंगना, चतुरमान राई, तुलाराज वि.क. र निरु राई सहित ९ जनाको समिति गठन गरिएको बसपार्क टोल सुधार समितीका पूर्व कोषाध्यक्ष टंकीमाया बस्नेतले जानकारी दिनुभयो ।
नवनियुक्त अध्यक्ष तामाङले टोल सुधारका लागि बसपार्कमा जिर्ण अवस्थामा रहेको शौचालयको व्यवस्थापन पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा टोल सुधारका लागि स्थानीय सरकार विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै जाने बताउनुभयो ।











Discussion about this post