भदौ १३, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट हत्या भएको घटनामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लागेको मेला भर्न पुगेका शिक्षक राईको बिहीबार राति विवादपछि कुटपिट हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा शिक्षक राईलाई ज्यान जाने गरी कुटपिटमा संलग्न सुङ्देलका ११ जना रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो। नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। राहत कोटामा निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राई सङ्खुवासभाबाट फर्किएर सालपा पोखरी पुग्नुभएको थियो। उहाँ बिहीबार राति गाउँलेहरूसँगै बास बसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।










Discussion about this post