भदौ १५, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहमै विभिन्न स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ । गाउँपालिकाले दन्त सेवा, ग्रामीण आँखा केन्द्र, प्रयोगशाला (ल्याब) सेवासहितका स्वास्थ्य सेवा सञ्चालनमा ल्याएर सामान्य उपचार तथा स्वास्थ्य परीक्षणका लागि नागरिकले टाढा जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने प्रयास गरिरहेको जनाएको छ ।
यसैक्रममा लिखुपिके गाउँपालिका–स्थित चौलाखर्क स्वास्थ्य चौकीलाई रंगीन भिडियो एक्स–रे मेसिन हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले सोमबार स्वास्थ्य चौकीलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । उक्त भिडियो एक्स–रे सेवा आगामी भदौ २३ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले भिडियो एक्स–रे परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने उहाँको भनाई छ । गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।











Discussion about this post