भदौ १५, सोलुखुम्बु । सोलुखुम्बुमा आयोजना हुने भनिएको रेडपाण्डा म्याराथनको मिति परिवर्तन गरिएको छ । हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुको आयोजनामा सेप्टेम्बर ४ तारिखमा सञ्चालन गर्ने तयारी गरिएको म्याराथनको मिति परिवर्तन गरी नोभेम्बर २८ तारिखमा आयोजना गर्ने निर्णय गरिएको हो ।
रेडपाण्डा नेटवर्कको सहकार्यमा आयोजना गर्न लागिएको म्याराथन गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मिति सारिएको आयोजक समितिले जनाएको छ । बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद्को अवस्थालाई गम्भीरतापूर्वक ध्यान दिई कार्यक्रम स्थगन गरिएको समितिका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले जानकारी दिनुभयो ।
यस विपद्को कठिन परिस्थितिमा पनि कार्यक्रमप्रति देखाएको सहयोग र विश्वासका लागि सहभागी, प्रायोजक, स्थानीय समुदाय तथा आमदर्शकलाई धन्यवाद दिनुभएको छ । साथै, कार्यक्रमबारे स्थानीय जनसमुदायसम्म सूचना पु¥याई सबैलाई नोभेम्बर २८ मा हुने आयोजनामा सहभागी हुन अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ ।











Discussion about this post