Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

एभरेष्ट न्यूज डेस्क - साेलुखुम्बु

Radio Everest by Radio Everest
September 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र १६ ।  मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ।

इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीपछि लगानीकर्तामा भूराजनीतिक जोखिमसँगै सम्भावित ब्याजदर वृद्धिको चिन्ता बढेको हो।

सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४.०९ अंक अर्थात् ०.७ प्रतिशतले घटेर ५३ हजार १८५.९ अंकमा बन्द भएको छ। यस्तै, एस एन्ड पी ५०० सूचक २५.६२ अंक अर्थात् ०.३३ प्रतिशतले घटेर सात हजार ६८६.१४ अंकमा झरेको छ। नास्डाक समग्र सूचक पनि ३१.५३ अंक अर्थात् ०.१२ प्रतिशतले घटेर २६ हजार ३७०.८९ अंकमा पुगेको छ।

एस एन्ड पी ५०० का ११ प्रमुख क्षेत्रमध्ये नौ क्षेत्रमा गिरावट आएको छ। सञ्चार सेवा क्षेत्र १.६३ प्रतिशत र उपयोगिता सेवा क्षेत्र १.१८ प्रतिशतले घटेका छन्। यता ऊर्जा क्षेत्र २.१ प्रतिशत र प्रविधि क्षेत्र ०.३ प्रतिशतले बढेका छन्।

इरानले स्ट्रेट अफ हर्मुजमा नौसैनिक बारुदी सुरुङ बिछ्याउने धम्की दिएपछि अमेरिकाले इरानी रकेट प्रक्षेपणस्थललाई लक्षित गरी सैन्य कारबाही गरेको थियो। केही सातायता दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष सैन्य कारबाही भएको बताइएको छ।

सैन्य तनाव बढेसँगै कच्चा तेलको मूल्यसमेत उकालो लागेको छ। वेस्ट टेक्सस इन्टरमिडिएट कच्चा तेलको अक्टोबर आपूर्ति मूल्य २.८३ प्रतिशतले बढेर प्रतिब्यारेल ८५.७६ अमेरिकी डलर पुगेको छ। त्यस्तै, ब्रेन्ट कच्चा तेलको नोभेम्बर आपूर्ति मूल्य २.७१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.४९ अमेरिकी डलर पुगेको छ।

यसैबीच, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको सम्भावित ब्याजदर नीतिलाई लिएर पनि लगानीकर्ता चिन्तित देखिएका छन्। केन्द्रीय बैंकका अध्यक्ष केभिन वार्शले ज्याक्सन होल आर्थिक नीति गोष्ठीमा दिएको कडा मौद्रिक नीतिको सङ्केतपछि आगामी सेप्टेम्बर बैठकमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढ्ने बजारको अपेक्षा ६२ प्रतिशत पुगेको छ। एक साताअघि यस्तो अपेक्षा करिब ४० प्रतिशत मात्र थियो।

ठूला प्रविधि कम्पनीका सेयरमा भने मिश्रित प्रभाव देखिएको छ। एनभिडियाको सेयर १.४८ प्रतिशत र टेस्लाको सेयर ५.५१ प्रतिशतले बढेका छन्।

डिजिटल विज्ञापनको लिलामी मूल्य निर्धारणमा अनुचित अभ्यास गरेको आरोपमा अमेरिकी संघीय व्यापार आयोग र २२ राज्यले संयुक्त मुद्दा दायर गरेपछि अमेजनको सेयर २.५ प्रतिशतले घटेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको अन्तिम कार्यदिवस पूरा भएसँगै कम्पनीको सेयर पनि करिब एक प्रतिशतले ओरालो लागेको छ।

कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइसकेपछि लगानीकर्ताको ध्यान अब शुक्रबार सार्वजनिक हुने अगस्ट महिनाको गैरकृषि रोजगारी प्रतिवेदनतर्फ केन्द्रित भएको छ। उक्त प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको अवस्था र आगामी ब्याजदर नीतिबारे थप सङ्केत दिने अपेक्षा गरिएको छ।

Previous Post

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

Next Post

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

Related Posts

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
0
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
0
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
0
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
0
Next Post
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly