सोलुखुम्बु, भदौ १६ गते । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले आफ्नो एक महिनाको सेवा सुविधा कोषमा उपलब्ध गराउने निर्णय गरेको सांसद कार्कीको सचिवालयले जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको भन्दै सांसद कार्कीले विपद्को कठिन समयमा आफ्नो पारिश्रमिकमार्फत राहत अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको हो । सचिवालयका अनुसार विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाउने अभियानमा ऐक्यबद्धता जनाउँदै सांसद कार्कीले उक्त निर्णय गर्नुभएको हो ।











Discussion about this post