भाद्र १६, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा रावा खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका अन्दाजी ५० देखि ५२ वर्षीय तुलबहादुर राईलाई ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलबाट बाक्सिला–सप्तेश्वरस्थित घरतर्फ जाने क्रममा रावा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ करिब ४ः४५ बजे रावा खोलाले राईलाई बगाएर बेपत्ता बनाएको हो ।
घटनाबारे साँझ ६ बजे इलाका प्रहरी कार्यालय बाक्सिलामा टेलिफोनमार्फत जानकारी प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी नायब निरीक्षक डिकशेर राईको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । प्रहरीले बेपत्ता राईको खोजी तथा उद्धारका लागि खोजतलास कार्य जारी राखेको जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय बाक्सिलाबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।










Discussion about this post