Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

Radio Everest by Radio Everest
September 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ १९, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा आधार शिविरदेखि माथिल्ला क्याम्पसम्म थुप्रिएको फोहोर व्यवस्थापनका क्रममा करिब ९० हजार किलोग्राम फोहोर संकलन गरिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार आर्थिक बर्ष २०८२÷०८३ मा आरोहणका क्रममा क्याम्प वान, क्याम्प टु लगायतका क्षेत्रमा आरोही तथा सहयोगीले छाडेका मानव मलमूत्र, प्लास्टिकजन्य सामग्री र भान्साबाट निस्कने फोहोर संकलन गरिएको हो ।

उहाँका अनुसार सगरमाथा क्षेत्रमा फोहोर संकलनको काम निरन्तर भइरहे पनि आरोहणको समयमा ठूलो सङ्ख्यामा मानिस पुग्ने भएकाले पूर्ण रूपमा फोहोरमुक्त बनाउन चुनौती रहेको छ । संकलित फोहोरमध्ये मानव मलमूत्रलाई सम्बन्धित स्थानमा व्यवस्थित रूपमा व्यवस्थापन गर्ने गरिएको छ । नजल्ने फोहोर नाम्चे बजारमा रहेको इन्सिनरेटरमा व्यवस्थापन गरिने तथा अन्य फोहोर काठमाडौँ पठाउने गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । सरकारले आरोहीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्था गरे पनि उच्च हिमाली क्षेत्रमा यसको कार्यान्वयन र अनुगमन अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

विशेषगरी सातदेखि आठ हजार मिटर उचाइबाट फोहोर फिर्ता ल्याउने व्यवस्था कार्यान्वयन गर्न कठिन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आधार शिविरदेखि नाम्चेसम्म फोहोर ओसार्ने कामदार तथा शेर्पालाई दैनिक ज्याला तथा बोकाइअनुसारको क्यारिङ चार्ज उपलब्ध गराउने गरिएको छ । छुट्टै जोखिम भत्ताको व्यवस्था नभए पनि फोहोर तथा सामग्री बोकाइका आधारमा पारिश्रमिक दिने गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाले सगरमाथाबाट संकलित फोहोरका कारण खुम्बु क्षेत्रका पानीका मुहानमा ठूलो समस्या नदेखिएको दाबी गर्नुभयो । उहाँका अनुसार पासाङल्हामु गाउँपालिका–४ र ५ क्षेत्रमा हिमालबाट ल्याइएको फोहोरका कारण उल्लेख्य असर देखिएको छैन ।

तर, आरोहणको मुख्य सिजनमा आधार शिविरमा चारदेखि पाँच हजार मानिसको चाप हुने भएकाले मानव मलमूत्र र पिसाब व्यवस्थापन मुख्य चुनौती बन्ने गरेको उहाँले बताउनुभयो । त्यसका लागि ड्रममा संकलन गरी तोकिएको स्थानमा व्यवस्थापन गर्ने गरिएको छ । एसपिसिसी पासाङल्हामु गाउँपालिकासँग समन्वयमा काम गर्ने संस्था भए पनि सगरमाथाको उच्च क्षेत्रमा पर्ने क्याम्प टु माथिको क्षेत्र समितिको प्रत्यक्ष कार्यक्षेत्रमा नपर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । सगरमाथालाई विश्वभर ‘विश्वकै अग्लो डम्पिङ साइट’का रूपमा प्रचार गरिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले एक सिजन आरोहण रोकाएर पूर्ण रूपमा सफाइ अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँका अनुसार क्याम्प टु र क्याम्प थ्रीबाट फोहोर तल ल्याउनसमेत ठूलो खर्च लाग्ने गरेको छ ।

सगरमाथाको फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न कम्तीमा निश्चित अवधिमा एक सिजन आरोहण रोकेर व्यापक सफाइ अभियान सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । यस्तो अभियानलाई निरन्तरता दिन सके सगरमाथालाई ‘डम्पिङ साइट’का रूपमा प्रचार गरिने गलत छवि हटाउन सकिने उहाँको विश्वास छ ।

Previous Post

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

Related Posts

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
0
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
0
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
0
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

September 4, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly