भाद्र १९, साेलुखुम्बु । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक जनाको जीवित उद्धार गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको जानकारी दिएका हुन्। उनका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएको छ।
न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्र रहेकाहरूसँग उद्धार टोलीले संवाद गरेको जानकारी यसअघि दिएका थिए। त्यसपछि एक जनाको जीवित उद्धार गरिएको उनले बताएका छन्।
उनले भनेका छन्, “सुरुङभित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ। अरू पनि छन् भन्ने जानकारी प्राप्त भएको छ। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।”
सुरुङभित्र अझै केही व्यक्ति रहेको जानकारीपछि उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ।










Discussion about this post