भाद्र १९, साेलुखुम्बु । सरकारले रसुवाको भोटेकोशी बाढीका कारण झण्डै ४ खर्बको क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार तीन खर्ब ८७ अर्ब ५४ करोडको क्षति भएको जानकारी दिनुभयो । विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।
साथै चार महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनःस्थापनाका लागि सात अर्ब ९५ करोड रुपैयाँ आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उहाँको भनाइ छ । प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जालगायतको क्षेत्रको पुनःस्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ ।











Discussion about this post