भदौ १९, सोलुखुम्बु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कोशी प्रदेशका १६० जना व्यक्ति अझै सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार बाढीमा कोशी प्रदेशबाट २०४ जना बेपत्ता भएका थिए।
तीमध्ये ३० जना सम्पर्कमा आएका छन् भने १२ जनाको उद्धार गरिएको छ। बाढीमा परी एक जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ। अनुसार झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका तीन, उदयपुरका २१, ओखलढुङ्गाका ४८, खोटाङका ११ र सोलुखुम्बुका ४५ जना बाढीमा परी बेपत्ता भएका थिए।
बाढीपछि बेपत्ता भएकाको खोजी तथा सम्पर्कमा ल्याउने कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार सबैभन्दा धेरै ओखलढुङ्गाका ४८ जना र सोलुखुम्बुका ४५ जना सम्पर्कविहीन रहेका छन्।










Discussion about this post