Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

Radio Everest by Radio Everest
September 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का किसान दोर्मी शेर्पाले २०७० सालदेखि व्यावसायिक रूपमा सुरु गरेको किवी खेती अहिले उत्पादन दिने अवस्थामा पुगेको छ । लामजुङबाट बिरुवा ल्याएर सुरु गरिएको किवी खेतीबाट शेर्पाले कृषि क्षेत्रमा नयाँ सम्भावना देख्नुभएको छ । करिब १०–११ वर्ष पुरानो किवी बगैँचा अहिले पूर्ण उत्पादन दिने अवस्थामा पुगेको शेर्पाले बताउनुभयो । उहाँका अनुसार किवीले सामान्यतया रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ । हाल उहाँको बगैँचामा करिब ३५० वटा किवीका बिरुवा छन् । किवी खेतीमा बजार, रोग–कीरा, प्राविधिक ज्ञान तथा दक्ष जनशक्तिको अभाव मुख्य चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ ।

कृषि प्रधान देश भनिए पनि व्यावसायिक खेती गर्ने किसानले मलखाद व्यवस्थापनदेखि श्रमिकको अभावसम्म विभिन्न समस्या झेल्नुपरेको उहाँले बताउनुभयो । किवी खेतीमा बोटको हाँगा व्यवस्थापन, फूल तथा फलको छनोट, सिँचाइ र गोडमेलमा विशेष ध्यान दिनुपर्ने शेर्पाले बताउनुभयो । साना फल हटाएर ठूला फललाई हुर्काउनुपर्ने तथा फूल व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । सुक्खा समयमा पर्याप्त सिँचाइ र बोट वरिपरिका झारपात हटाउने काम पनि नियमित गर्नुपर्छ ।

शेर्पाका अनुसार किवीमा जेठ महिनादेखि फूल फुल्ने र फल लाग्न सुरु हुन्छ । कात्तिक महिनामा फल टिप्ने उपयुक्त समय हुने उहाँले बताउनुभयो । किवीको हेवर्ड जात विश्व बजारमा लोकप्रिय रहेको शेर्पाले बताउनुभयो । उक्त जातमा एक वर्ष बढी र अर्को वर्ष तुलनात्मक रूपमा कम उत्पादन हुने गरेको उहाँको अनुभव छ । फललाई ठूलो बनाउन बोटको शक्ति खर्च हुने भएकाले त्यसपछिको वर्षमा नयाँ हाँगा कम बन्ने र उत्पादनमा समेत कमी आउने उहाँले बताउनुभयो ।

बजारको सम्भावना भए पनि पहिचान चुनौती

किवीको बजार नेपालमा पर्याप्त भए पनि किसानका लागि बजार पहिचान मुख्य चुनौती रहेको शेर्पाको भनाइ छ । उत्पादन बढेमा बिक्रीका लागि बजारको अभाव नहुने उहाँको अनुभव छ । नेपालका ठूला बजारमा विदेशी किवीसमेत आयात भएर बिक्री भइरहेको उहाँले बताउनुभयो । काठमाडौँ, पोखरा र विराटनगरलगायतका बजारमा थाइल्यान्ड र इरानबाट किवी आयात हुने गरेको उहाँको भनाइ छ । किवीको मूल्य मौसमअनुसार फरक हुने गरेको छ । शेर्पाका अनुसार सिजनमा होलसेल मूल्य प्रतिकिलो ९० देखि १०० रुपियाँसम्म हुने गरेको छ भने अफसिजनमा मूल्य बढ्दै ४०० देखि ४५० रुपियाँ प्रतिकिलोसम्म पुग्ने गरेको छ ।

पानी व्यवस्थापनमा विशेष ध्यान

किवी खेतीमा पानीको व्यवस्थापन महत्वपूर्ण हुने शेर्पाले बताउनुभयो । उहाँका अनुसार धेरै पानी वा अत्यधिक कम पानी दुवैले किवीका बोटमा असर गर्छ । हाल उहाँको बगैँचामा दुई–दुई हजार लिटर क्षमताका पाँच वटा पानी ट्याङ्की रहेका छन् । बगैँचामा रहेका करिब ३५० बिरुवामध्ये वर्षमा एक–दुई वटा बिरुवा मर्ने गरेको र त्यस्ता स्थानमा नयाँ बिरुवा लगाउने गरिएको उहाँले बताउनुभयो । केही बिरुवा भाले–भाले परेका कारण पनि पुनः बिरुवा परिवर्तन गर्नुपरेको उहाँको अनुभव छ । किवीमा परागसेचनका लागि भाले बिरुवाको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । नेपालमा प्राकृतिक रूपमा हावा तथा मौरीबाट परागसेचन हुने गरेको र आवश्यक परे किसानले समेत भाले फूलको पराग प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

किवीमा पोषणयुक्त गुण

किवीमा फाइबर तथा भिटामिन ‘सी’ लगायतका पोषक तत्त्व पाइने भएकाले स्वास्थ्यका लागि उपयोगी फल भएको शेर्पाले बताउनुभयो । चिल्लो पदार्थ कम हुने र रोगसँग लड्ने क्षमता बढाउन सहयोग गर्ने भएकाले किवीको माग बढ्दै गएको उहाँको भनाइ छ । किवी खेती विस्तारका लागि स्थानीय तह तथा किवी जोनबाट सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका तथा खुम्बु पासाङल्हामु क्षेत्रका किसानलाई किवी जोनमार्फत सहयोग भइरहेको उहाँको भनाइ छ । शेर्पाका अनुसार किवी खेतीका लागि ५० प्रतिशतसम्म अनुदान प्राप्त हुने गरेको छ । तर आफूले २०७०–७१ सालमै खेती सुरु गरेकाले त्यस समयमा स्थानीय तहको संरचना र कार्यक्रम सञ्चालनमा नआएका कारण सरकारी अनुदानको सुविधा लिन नसकेको उहाँले बताउनुभयो ।

जनशक्ति र आधुनिक उपकरणको अभाव

किवी खेती विस्तार गर्न चाहने किसानका लागि दक्ष जनशक्ति र आधुनिक कृषि उपकरणको अभाव अर्को समस्या रहेको शेर्पाको भनाइ छ । मलखाद राख्नेदेखि फल टिप्ने र बगैँचाबाट बजारसम्म पु¥याउने काममा पर्याप्त श्रमिक नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । किवीबाहेक शेर्पाले मकै, आलु, गहुँ र उवा लगायतका परम्परागत बालीसमेत लगाउँदै आउनुभएको छ । यस वर्ष मौसम प्रतिकूल हुँदा आलु उत्पादन भने बिक्री गर्न पुग्ने गरी हुन नसकेको उहाँले बताउनुभयो ।

विदेशको सीप स्वदेशमै प्रयोग गर्न आग्रह

युवाको विदेश पलायनलाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि विदेशमा सिकेको सीप र कमाएको रकम स्वदेशमै लगानी गर्नुपर्ने शेर्पाको सुझाव छ । उहाँका अनुसार पछिल्लो समय विदेश गएर फर्किएका कतिपय व्यक्तिले त्यहाँ सिकेको प्रविधि र अनुभवका आधारमा नेपालमा एभोकाडो, ड्रागन फ्रुट तथा किवीजस्ता नयाँ कृषि व्यवसाय सुरु गरेका छन् । कृषिमा युवा आकर्षित हुन नसक्नुमा झन्झटिलो कागजी प्रक्रिया र अनुदान वितरण प्रणाली पनि कारण रहेको उहाँले बताउनुभयो । वास्तविक किसानसम्म अनुदानको पहुँच पु¥याउन प्रक्रिया सरल बनाउनुपर्ने उहाँको भनाइ छ । कृषिलाई व्यावसायिक बनाउँदै बाँझो जमिनको उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उत्पादन भएका कृषि उपजको बजार सुनिश्चित गर्दै सरकारले निर्यातका लागि सहज वातावरण निर्माण गर्न सके नेपाललाई कृषिबाटै आर्थिक रूपमा अघि बढाउन सकिने उहाँको विश्वास छ ।

Previous Post

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

Next Post

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

Related Posts

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
0
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 6, 2026
0
Next Post
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly