भदौ २१, सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्की बाढी प्रभावित रसुवा पुग्नुभएको छ। रसुवामा आएको भीषण बाढीका कारण सोलुखुम्बुका दर्जनौँ नागरिक सम्पर्कविहीन रहेका बेला सांसद कार्की प्रभावित क्षेत्र पुग्नुभएको हो।
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न तथा खोजी र उद्धार कार्यमा आवश्यक समन्वय र सहयोग पु¥याउने उद्देश्यले आफू रसुवा आएको सांसद कार्कीले बताउनुभएको छ। उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा सोलुखुम्बुका नागरिक कार्यरत तथा बसोबास गर्ने स्थानको विवरण संकलन गरी खोजी भइरहेको छ।
तर बाढीले सडक, पुल तथा सञ्चार संरचनामा क्षति पु¥याएकाले उनीहरूको अवस्थाबारे यकिन जानकारी लिन कठिनाइ भइरहेको छ । यसअघि रसुवा बाढीमा सम्पर्कविहीन सोलुखुम्बुबासीको खोजी तथा उद्धारका लागि सांसद कार्कीको संयोजकत्वमा जनप्रतिनिधिसहितको समन्वय समिति गठन गरिएको थियो । बाढी प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ।










Discussion about this post