भाद्र २१, साेलुखुम्बु । सोलुखुम्बुका नेपाली कांग्रेस नेता आङ्गेलु शेर्पा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत हुनुभएको छ। नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति गठनपछि सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिने प्रक्रिया अघि बढाउनुभएको हो ।
सोही क्रममा केन्द्रीय सदस्य शेर्पालाई कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरिएको हो। शेर्पा यसअघि २०८३ वैशाखमा सभापति थापाबाट केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत १९ नेतामध्ये एक हुनुहुन्छ । पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम उहाँसहित १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति पार्टीका महत्वपूर्ण राजनीतिक तथा सांगठनिक निर्णय गर्ने प्रभावशाली निकायका रूपमा रहेको छ। समितिमा पदाधिकारीसँगै विधानअनुसार निश्चित संख्यामा केन्द्रीय सदस्य रहने व्यवस्था । सोलुखुम्बुबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्दै आउनुभएका शेर्पाको कार्यसम्पादन समिति सदस्यमा मनोनयनलाई जिल्लाको राजनीतिक प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ।











Discussion about this post