असोज २९,सोलुखुम्बु। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्की पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको खुला तर्फको मतगणनामा ४१औँ स्थानमा रहनुभएको छ।जारी मतगणनाअनुसार कार्कीले १५० भन्दा बढी मत प्राप्त गर्नुभएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिमा खुला तर्फबाट ४५ जना सदस्य निर्वाचित हुने व्यवस्था रहेकाले उहाँ निर्वाचित हुने उम्मेदवारको सूचीमा रहनुभएको हो।
सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्की केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेसको केन्द्रीय तहमा जिल्लाको प्रतिनिधित्व हुने भएको छ। मतगणना जारी रहेकाले अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ।










Discussion about this post