Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

Radio Everest by Radio Everest
October 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जनताको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। उहाँले प्रहरी कर्मचारीको व्यवहार, कार्यक्षमता र व्यावसायिक दक्षताले सरकारप्रतिको जनधारणा प्रतिबिम्बित गर्ने भएकाले नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। ७१औँ प्रहरी दिवस, २०८३ का अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापामगरले प्रहरी सङ्गठन सरकारको तर्फबाट जनताको घरदैलोमा पुगेर सेवा प्रदान गर्ने निकाय भएकाले नागरिकसँगको व्यवहारलाई महत्त्व दिनुपर्ने उल्लेख गर्नुभयो।

प्रहरी कर्मचारीले गर्ने काम र देखाउने व्यवहारलाई नागरिकले सरकारकै काम र व्यवहारका रूपमा मूल्याङ्कन गर्ने भएकाले प्रत्येक प्रहरी कर्मचारी जिम्मेवार, दक्ष र व्यावसायिक हुन आवश्यक रहेको उहाँको भनाइ थियो। प्रहरी सेवामा थप निखार ल्याउन, कार्यक्षमता अभिवृद्धि गर्न र व्यावसायिक दक्षता बढाउन निरन्तर प्रयास गर्नुपर्ने उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी थापामगरले शान्ति सुरक्षा कायम गर्नु राज्यको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै यसको दायरा व्यक्ति र भौतिक संरचनाको सुरक्षामा मात्र सीमित नरहेको बताउनुभयो। नागरिकले उपभोग गर्ने खाद्यवस्तुको गुणस्तर, औषधिको सुरक्षित प्रयोग, स्वास्थ्य सेवा तथा आयोजना सञ्चालनसँग सम्बन्धित सुरक्षासमेत शान्ति सुरक्षाका अभिन्न पक्ष भएको उहाँको भनाइ थियो।

शान्ति सुरक्षा बहुआयामिक विषय भएकाले यसको प्रभावकारी व्यवस्थापनमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहने उहाँले उल्लेख गर्नुभयो। नागरिकलाई समस्या पर्दा सबैभन्दा पहिले सम्झिने निकाय प्रहरी भएकाले जनताको विश्वास कायम राख्दै जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। प्रहरी कर्मचारीले उच्च मनोबलका साथ काम गर्न आवश्यक सहयोग र समन्वय गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी थापामगरले प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबाट आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो। नेपाल प्रहरीको इतिहास स्मरण गर्दै उहाँले विसं २०१२ मा प्रहरी ऐन जारी भएपछि सङ्गठनले सात दशकभन्दा लामो समयदेखि देश र नागरिकको सेवामा निरन्तर योगदान पुर्याउँदै आएको बताउनुभयो।

विभिन्न राजनीतिक तथा सामाजिक उतारचढावका बीच पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै सङ्गठनलाई वर्तमान अवस्थासम्म ल्याइपुर्‍याउन योगदान गर्ने प्रहरी कर्मचारीप्रति उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। कर्तव्यपालनाका क्रममा प्रहरी कर्मचारीले गरेको त्याग र समर्पणको प्रशंसा गर्दै उहाँले सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेले अमर प्रहरीको सम्झनामा वाचन गर्नुभएको कविताको भावलाई स्मरण गर्नुभयो।

राष्ट्रको गौरव र सुरक्षाका लागि समर्पित प्रहरीको योगदान महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो। उहाँले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ नागरिकको सेवामा समर्पित हुन तथा आफ्नो व्यवहार र कार्यशैलीलाई थप प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्न आग्रह गर्नुभयो।

Previous Post

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

Next Post

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

Related Posts

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
0
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
0
Next Post
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

Discussion about this post

Everest Highlights

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026
जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026
जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly