असोज ३०,सोलुखुम्बु । नेपाली कांग्रेसका नेता आङगेलु शेर्पा पार्टीको केन्द्रीय सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट सहमहामन्त्री पदका उम्मेदवार बन्नुभएका शेर्पा तीन हजार ५५६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका शेर्पाले पार्टीको पर्यटन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। जेनजी आन्दोलनपछि पार्टीभित्र विशेष महाधिवेशनको पक्षमा उभिनुभएका उहाँ त्यसपछि गगन थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो। सोलुखुम्बुबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि बन्न सफल शेर्पाले सहमहामन्त्री पदमा आफ्नो विजयलाई सम्पूर्ण कांग्रेसजनको जितका रूपमा लिनुभएको छ ।











Discussion about this post