सबिना राई, सोलुखुम्बु, असोज ३० गते । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन् । दिउँसो करिब १ : २३ बजे बागमती प्रदेश ०२–००१ ख २७७४ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो ।
दुर्घटनापछि यात्रुका सामग्री प्रहरी चौकीमा राखिएको र पहिचान गरी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइने जनाइएको छ । घाइते तथा अन्य यात्रुलाई सुरक्षित रूपमा घरसम्म पुर्याउने व्यवस्था मिलाइने प्रहरी र स्थानीयवासीले बताएका छन् । दुर्घटनामा घाइते भएका यात्रुको सङ्ख्या, चोटपटकको अवस्था तथा दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।










Discussion about this post